coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एआईजी पोखरेलको राजीनामा स्वीकृत भएन, आजदेखि अवकाशमा

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले अवकाश पाएका छन्। पोखरेलले एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन्।

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत गएका थिए। तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए।

एआईजीको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ। मन्त्रिपरिषदमा गृह मन्त्रालयले प्रस्ताव लैजानुपर्छ। तर उनकाे राजीनामा पत्र गृह मन्त्रालयमा पठाइएन। 

प्रकाशित: २० श्रावण २०७९ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App