८ वैशाख २०८१ शनिबार
समाज

धादिङमा पक्राउ परेको सुन र डलर दुबै नक्कली

बेगबहादुर तामाङ ‘बेगे’ र शोभाको साथबाट बरामद गरिएको नक्कली सुन र डलरसहित बेगेको घरबाट पक्राउ पेस्तोलहरु। तस्बिर: शंकर/नागरिक

किलो सुन र केही अमेरिकन डलरसहित बेगबहादुर तामाङ ‘बेगे’लाई मंगलबार प्रहरीले पक्राउ गर्‍यो। पक्राउपछि प्रहरीले घर घर खानतलासी गर्‍यो। ‘बेगे’को घरबाट आधा किलो तौल लेखिएको ४ वटा पहेँलो पत्ता ‘सुन’ र ३ थान पेस्तोल फेला पार्‍यो। २० राउण्ड गोली पनि भेटायो।  

पक्राउको क्रममा फेला बरामद गरिएको एककिलो सुनको लाप्सो, डलर र घरमा फेला परेको सबै सुन नक्कली भएको प्रहरीले पुष्टी गरेको छ। परीक्षणको क्रममा नेपाल सुन चाँदी कला व्यवसायी संघले सबै सुन नक्कली भएको प्रमाणित गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताए।  

घरमा फेला परेको पेस्तोल एक थान अमेरिकी, एक थान चाइनिज र अर्काे कटुवा पेस्तोल भने स्वचालित छ। एउटै व्यक्तिको घरबाट ३ वटा पेस्तोल, गोली फेला पर्नुले प्रहरीलाई नै चुनौती दिएको छ।  उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा खनियाबास गाउँपालिका–४ का ‘बेगे’सँगै उनकै गाउँका शोभा तामाङ पनि पक्राउ परेकी छन्। ‘उनीहरुको साथबाट बरामद भएको ५० रुपैँया र १ सय रुपैंयाको अमेरिकन डलर चल्तीका नोट भन्दा पातलो भएको र नोटमा सिरियल नम्बर पनि नभएको नक्कली नै भएको पुष्टी हुन्छ’ एसपी सिंहले भने–‘यस्ता नक्कली नोट कहाँबाट आयो भन्ने कुराको अनुसन्धान भइरहेको छ।’

पक्राउ परेको पेस्तोल माओवादी द्धन्द्धकालदेखि नै घरमा भएको बयानमा बताएको प्रहरीले जनाएको छ। ‘बेगेका दाई द्धन्द्धका बेला माओवादीका लडाकु रहेछन्। त्यहि बेला दाईले ल्याएर घरमा राखेको हो’ भनेर बेगेले बयान दिएको छ’, एसपी सिंह भन्छन्–‘हामी डिटियलमा अनुसन्धान गर्दैछौं, वयानलाई विश्वास मानिहाल्न मिल्दैन।’  

सुन भनिएको धातु भने केही वर्ष अघि अन्य व्यक्तिहरुबीच धादिङबेसीमै कारोबार हुन लागेको ठाउँबाट सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान बेगेले दिएका छन्। एसपी सिंह भने, ‘बेगेले पेस्तोल देखाएर धम्क्याउने तर्साने काम पहिले देखिनै गर्दै आएको बुझिन्छ। सुन पनि अपरिचित व्यक्तिहरुबीच अवैध कारोबार भइरहेको छ भन्ने खबर पाएपछि आफुले पेस्तोल देखाएर लुटेको प्रहरीलाई बयान दिएको छ।’

२०५८ सालमा ठगीको मुद्दा परेका बेगे २०७४ सालमा पक्राउ परेका थिए। दुइ वर्ष जेल र २ लाख ५० हजार जरिवाना तिरेर छुटेका बेगे पुनः मंगलबार फेरी पक्राउ परेका हुन्। सुन ल्याउँदै छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक अवाले जानकारी दिए।  

पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट कारोबार सन्बन्धी कसुरमा मुद्दा चलाएको छ। शोभालाई भने नक्कली नोट कारोबारमा मुद्दा चलाइएको छ। दुई वर्षअघि काराकारभित्रबाटै पनि काम गरिदिन्छु भन्दै व्यक्तिहरुसँग रकम असुलेको पीडितहरुले बताएका छन्।

प्रकाशित: १९ श्रावण २०७९ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App