coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जोखिममा मान्म बजार क्षेत्र

जिल्लाको मान्म बजार लगायत आसपासका क्षेत्र अति जोखिमपूर्ण अवस्थामा रहेको छ। ढल निकास,फोहोर व्यवस्थापन,राजमार्गको स्तरन्नति लगायतका समस्याहरुमा जनप्रतिनिधिको ध्यान जान नसक्दा मान्म बजार क्षेत्र जोखिममा परेको हो।

‘बजारमा सार्वजनिक शौचालय सूचारु छैन,बजारका घरबाट निस्कने फोहोर पानी निकासी गरिएको छैन,फोहोर फाल्ने ठाउँ छैन,कर्णाली राजमार्ग जीर्ण रहेको छ।’ पलाँता गाउँपालिका निर्वतमान अध्यक्ष लक्ष्मणबहादुर बमले भने, ‘कालिकोटको  पहिचान दिने मान्म बजारनै जोखिम अव्यवस्थित छ । कसरी कालिकोटको मुहार चेन्ज हुन्छ?, बर्षातमा निरन्तर पानी पर्न बजारबासीले सास्ती खेप्नु परिरहेको छ । नयाँ जनप्रतिनिधि बेखबर अवस्थामा रहेको छन्।’

सदरमुकाम बीच बजारमा फोहोर पानी जम्ने,सवारी साधन आवतजावत गर्दा फोहोर पानी मानिसको शरीरमा छल्किने गरेको छ। घरको पछाडी फोहोरै फोहोर छ। यो समस्याको समाधान कहिले हुन्छ? भनेर नागरिकले प्रतिप्रश्न गरिरहेका छन्। यता उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय,खाँडाचक्र नगरपालिका र वडा कार्यालय निरिह अवस्थामा रहेको छ।  

जिल्ला प्रशासन,जिल्ला समन्वय र प्रहरी कार्यालयको बीच सडकमा खाल्डा पर्नुका साथै सरिया देखिएर फोहोर पानी जम्दा समेत सरोकारवालाको ध्यान पुग्न सकेको छैन। सदरमुकाम बजारको समस्यालाई लिएर बुधबार नेपाल पत्रकार महासंघ,पलाँता गाउँपालिकाका पूर्व अध्यक्ष,उद्योग वाणिज्य संघ लगायतको टोलीले खाँडाचक्र नगरपालिका र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन्।

बुधबार ध्यानाकर्षण  गर्दै खाडाचक्र नगरपालिका उपप्रमुख गणेश शाही, प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले तत्काल बजारको समस्या समाधन गर्न पहल गर्ने प्रतिवद्धता जनाएको छ । बजारमा संरचना निमार्णका समान फाल्नाले झन् समस्या हुँदै गएको छ।

प्रकाशित: १९ श्रावण २०७९ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App