श्री एयरको जहाज भित्र धुवा निस्केपछि आकस्मिक अवतरण गरिएको छ। नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको ९एन-एएनएफ कलसाइनको जहाज आकस्मिक अवतरण गरिएको हो।
बिहीबार बिहान सवा ९ बजेका लागि उडेको उक्त जहाज भित्र एक्कासी धुवाको मुस्लो निस्केपछि आकस्मिक अवतरण गरिएको श्री एयरका नेपालगन्ज स्टेशन प्रमुख पर्सुराम चौधरीले जानकारी दिए। उक्त जहाज नेपालगन्ज बिमानस्थलबाट उडेको करीब ७ मिनेटमै आकस्मिक अवतरण गरिएको उनले बताए।
उनका अनुसार जहाजमा ७९ जना यात्रु सवार थिए। उनीहरु सबै सकुशल छ्न। जहाज अहिले नेपालगन्ज बिमानस्थलमा राखिएको छ। काठमाडौबाट प्राबिधिक सहितको टोली आएर चेकजाँच गरेपछि मात्र कारण पत्ता लाग्ने उनले बताए।
प्रकाशित: १९ श्रावण २०७९ ०५:१४ बिहीबार