१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो हटाउन आज दिनभर लाग्ने

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो हटाउन आज दिनभर लाग्ने भएको छ। गएराति ११ बजेको समयमा भरतपुर महानगरपालिका–२९, केराबारीस्थित मौरी खोला पुलमा खसेको पहिरो हटाउन अझै पाँच घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 

हिजो गएको पहिरो हटाउने क्रममा सोही ठाउँमा अर्को ठूलो पहिरो खसेकाले समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्म अधिकारीले जानकारी दिए। उनले अर्को पहिरो नथपिएमा पाँच घण्टा भित्र हटाउन सकिने अनुमान गरेका छन्। तर, पहिरो खसिरहेकाले आज हटाउने संभावना न्यून रहेको उनले उनले बताए।

यस सडक खण्डमा ठाउँ ठाउँमा पहिरो खसिरहेको छ। हिजो रातिदेखि दुई नम्बर पुल, तीन नम्बर पुल, घोप्टे भिर, १७ किलो र कोराबारीमा पहिरो गएको छ। अन्य स्थानका पहिरो हटाएपनि केराबारीमा माथिबाट पटक पटक खस्दा पहिरो हटाउन समस्या भएको अधिकारीले जानकारी दिए। 

प्रकाशित: १७ श्रावण २०७९ ०८:४० मंगलबार