८ वैशाख २०८१ शनिबार
समाज

बेनी-जोमसोम सडकमा पहिरो, सिधा यातायात बन्द

लगातारको वर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध भएको छ।

म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरोले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले बताए।

‘मुख्य अवरुद्ध पन्छाउन समय लाग्छ, सामान्य अवरोधलाई तत्काल हटाउने गरिएको छ’ प्रमुख प्रजापतिले भने। पैरोथाप्ला जाने झोलुङ्गे पुलदेखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोले खसेको उनले बताए।

बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढी पहिरोको उच्च जोखिम रहेको छ। म्याग्दी–काभेभीर सडकको सिमानाको बाँदरजुंगे भीर आसपासमा छिनछिनमा खस्ने पहिरोले यात्रुले जोखिममा परेको छ। काभ्रेभीरमा सुख्खा पहिरो गएपनि कालिगण्डकी नदी थुनिने खतरा भने नभएको बताए।

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथीबाट ढुंगा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ। विभिन्न ठाउँमा नदी कटान र पहिरोले क्षति पुगेपछि स्थानीयबासी, पर्यटकले ज्यानै जोखिममा पारेर यात्रा गर्नुपरेको छ।

भारी वर्षापछिको बाढीपहिरोले म्याग्दी र मुस्ताङमा थुप्रै स्थानमा चर्किएको र भासिएको छ। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गतक विस्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम अत्याधिक रहेको छ। म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरोले अवरुद्ध सडक।

प्रकाशित: १६ श्रावण २०७९ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App