३० श्रावण २०७९ सोमबार
समाज

बर्दिबासको आगो नियन्त्रणमा, जिम सेन्टर जलेर नष्ट

महोत्तरीको बर्दिबासमा सिद्धार्थ बैंक रहेको भवनको माथिल्लो तलामा संचालित जिम सेन्टरमा आगलागी भएको छ। बर्दिवास-१ स्थित बजार क्षेत्रमा अभिषेक झाले सञ्चालन गरेको फिटनेस सेन्टरमा विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ।

आगो नेपाल प्रहरी,सशस्त्र प्रहरी, वारुणयन्त्र र स्थानीयले एक घण्टाको प्रयासमा नियन्त्रणमा आइसकेको इलाका कार्यालय बर्दिबासका डीएसपी रवि रावलले जानकारी दिए। आगलागीबाट भएको क्षतिको यकिन विवरण त आइसकेको छैन तर करिब ९० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए। जिम सेन्टरको सामान जलेर नष्ट भएको छ।

सोमबार दिउँसो २ बजेतिर लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ। आगो लागेको तल्लो तलामा सिद्धार्थ बैंक र वल्लो पल्लो घरमा अन्य २ वटा बैंक जोडिएकै भए पनि बैंकमा आगोले क्षति नभएको रावलले बताए।

प्रकाशित: १६ श्रावण २०७९ १६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App