८ वैशाख २०८१ शनिबार
समाज

बर्दिया समन्वय समितिमा नियम मिचेर ४ कर्मचारी नियुक्ति

जिल्ला समन्वय समिति, बर्दियामा लामो समयदेखि करारमा कार्यरत कर्मचारी निकालेर नयाँ चार जना कर्मचारीलाई पदस्थापन गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख सुर्य विष्टलाई  राजनीतिक प्रतिशोध साधेर पुराना कर्मचारीलाई फालेर कार्यकर्ता  कर्मचारीलाई नियुक्ति दिएको आरोप छ।

नियम मिचेर कर्मचारी निकालेको साता नबित्दै नयाँ कर्मचारीलाई नियुक्ति दिइएको खुलासा भएको छ। पुराना कर्मचारी वैकल्पिकमा राखेर गरिएको नियुक्ति भ्रामक रहेको कर्मचारी टिप्पणी गर्छन्। बिना कारण सूचना बिना कर्मचारीलाई हटाइएपछि पीडित कर्मचारी कानुनी उपचारको लागि अघि बढेका छन्।

जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस र माओवादीको गठबन्धनले नेपाली काँग्रेसले बिष्टलाई उम्मेदवार बनाएपछि जिल्ला समन्वय समितिको प्रमुखको बिष्टले जितेका थिए। नेपाली काँग्रेसका बिष्टले कार्यभार सम्हालेको चार महिना नबित्दै ठाडो निर्देशनमा नियम विपरीत चार जना कर्मचारी नियुक्ति गरेपछि कर्मचारीमा निरुत्साहिता छाएको छ।

तत्कालीन जिल्ला विकास समिति हुँदा कार्यालय सहायक नियुक्त भएका श्याम चौधरी बिना सूचना निकालिएका कर्मचारी मध्यमा पर्छन्। १८ वर्ष अनवरत तल्लो दर्जामा कार्यरत कर्मचारी थारुलाई मनोमानी ढंगले निकालिनु कर्मचारीको सुरक्षा ग्यारेन्टी नहनु दु:खद भएको एक कर्मचारीले बताए।

‘जबरजस्ती निकालिएका कर्मचारीको काममा कनै खोट छैन,’ एक कर्मचारीले भने, ‘आफ्ना कार्यकर्ता र आसेपासे जागिर खुवाउने कामको अन्त हुनुपर्छ।’ २० वर्षमा जागिरबाट अवकाश पाउँन सक्ने प्राबधान भएपनि कार्यकतालाई भर्ना गर्न १८ वर्षदेखि कर्तव्य निष्ठ भएर काम गरेका कर्मचारीलाई बिना सूचना निकालिनु दुःखद भएको उनले टिप्पणी गरे।

दरबन्दीका करार कर्मचारीको हकमा स्थायी कर्मचारीको पदस्थापन भए मात्र स्वतह करार नविकरण रद्द हुने प्राबधान छ। तर, दरबन्दीका कर्मचारीलाई मनोमानी ढंगबाट गरिएको कर्मचारी नियुक्ति बदर हुने पर्ने पीडित कर्मचारीको माग छ। १८ वर्ष एउटै पदमा काम गरेका थारुको ठाउँमा अर्जुन चौधरीलाई नियुक्ति गरिएको छ।

जिल्ला समन्वय समितिमा लामो समय काम गरिरहेका चालक ओम प्रकाश थारुको ठाउँमा सुनिलकुमार चौधरी, कार्यालय सहयोगी सिता थारुको ठाउँमा अस्मिता चौधरी र कार्यलय सहयोगी विना थारुको ठाउँमा रोशनि खड्कालाई जबरजस्त तरिकाले नियुक्तिले  कर्मचारी आक्रोशित भएका छन्।

वर्तमान समन्वय समितिका प्रमुख बिष्टका समन्वय समितिमा पहुँचको भरमा गठबन्धन बाट उठाइएका विवादित उम्मेदवार भनेर चिनिन्छन्। बिष्टको नेपाली काँग्रेसका सह-महामन्त्री किशोर सिंह राठोरको निकटता भएका ठाकुरबाबा नगरपालिका ४ बाट वडा अध्यक्षमा निर्वाचित भएका बिष्टलाई गठबन्धनको उम्मेदवार बनाएर समन्वय समितिको प्रमुखमा उम्मेदवार बनाइएकोमा काँग्रेसभित्र तीव्र असन्तुष्टि छ।

सामान्य तया पार्टीका पुराना कार्यकर्तालाई सदस्य निर्वाचित भएपछि सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई पाटीले समन्वय प्रमुखमा उम्मेदवार तोक्न पर्ने नियम छ। पहुँचको भरमा नियम लत्याएर बनाइएका वडा अध्यक्ष बिष्टले मनोमानी गरिरहेको गुनासो छ। पुराना कर्मचारीको म्याद सकिएपछि खुला विज्ञापन गरेर कर्मचारी नियुक्ति गरिएको समन्वय समितिका कार्यालय प्रमुख पदमबहादुर डागिले बताए।

‘पुराना कर्मचारी समावेश गर्ने गरी विज्ञापन गरिएको थियो,’ कार्यालय प्रमुख डागिले भने,‘आवेदन दिएका मध्य दक्ष कर्मचारीलाई भर्ना गरेका हौं।’ नयाँ कर्मचारीको नियुक्तिको बारेमा जानकारी लिन खोज्दा समन्वय प्रमुख बिष्टसँग सम्पर्क हुन सकेन।

प्रकाशित: १४ श्रावण २०७९ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App