७ वैशाख २०८१ शुक्रबार
समाज

तीन सय ५५ पुग्यो बाघको संख्या, थपिदैं संरक्षण र व्यवस्थापनका चुनौतीहरू

तस्बिर: दिपक राजबंशी

सरकारले सन् २०२२ को बाघ गणनाको अन्तिम परिणाम सार्वजनिक गर्दै नेपालमा पाटे बाघको संख्या ३ सय ५५ पुगेको जनाएको छ। सन् २०१८ को बाघ गणनाको तुलनामा यो संख्या ५१ प्रतिशतले बढी हो।  

विश्वमै दूर्लभ मानिएको र संरक्षित वन्यजन्तुको सूचीमा रहेको बाघको संख्या बढ्नु खुसीको कुरा हो। तर, पछिल्लो समय बढ्दै गएको बाघ र मानवबीचको द्वन्द्व नियन्त्रण तथा व्यवस्थापनका कार्यक्रम अपेक्षाकृत सफल नुहुन दुःखद कुरा हो।  

बाघको आक्रामणबाट मारिने र घाइते हुने सर्वसाधारणको संख्या नियन्त्रण गरी बाघको व्यवस्थापन र संरक्षणलाई प्रभावकारी बनाउन सरकारले आगामी दिनमा धेरै चूनौतीहरुको सामना गर्नुपर्ने देखिन्छ।  बाघ दिवसका अवसरमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले वन तथा वातावरण मन्त्रालयले तयार पारेको राष्ट्रिय बाघ तथा आहार प्रजाति सर्वेक्षण प्रतिवेदन २०२२ सार्वजनिक गरेका हुन्।  

प्रतिवेदन अनुसार सन् २०१८ को गणनाको तुलनामा बाघको संख्या ५१ प्रतिशतले बढेर ३५५ पुगेको हो। यसमध्ये पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ४१, चितवन निकुञ्ज र वरपरको वन क्षेत्रमा १ सय २८, बाँके राष्ट्रिय निकुञ्ज र वरपरको वन क्षेत्रमा २५, बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरको वन क्षेत्रमा १ सय २५ र शुक्लाफाँटा–लालझाडी–जोगबुढा क्षेत्रमा ३६ वटा वश्यक बाघ पाइएको छ।  

प्रतिवेदन अनुसार सन् २०१८ को गणनाको तुलनामा बाघको संख्या ५१ प्रतिशतले बढेर ३५५ पुगेको हो। यसमध्ये पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ४१, चितवन निकुञ्ज र वरपरको वन क्षेत्रमा १ सय २८, बाँके राष्ट्रिय निकुञ्ज र वरपरको वन क्षेत्रमा २५, बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरको वन क्षेत्रमा १ सय २५ र शुक्लाफाँटा–लालझाडी–जोगबुढा क्षेत्रमा ३६ वटा वश्यक बाघ पाइएको छ। 

बाघको घट्दो संख्यालाई मध्यनजर गरी सन् २०१० मा बाघ पाइने मुलुकका सरकार प्रमुखहरूको उपस्थितिमा रसियाको सेन्ट्स पिटर्सबर्गमा विश्व बाघ मञ्चको सम्मेलन भयो। उक्त सम्मेलनले ग्लोबल टाइगर रिकभर प्रोग्राम तयार गरेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर गराउने अभियान सुरु गरेको हो।  

सन् २००९ को गणनामा नेपालमा जम्मा बाघको संख्या १२१ थियो। सरकारले यही संख्यालाई सन् २०१० को तथ्याङक मानेर सन् २०२२ भित्र २५० पुर्‍याउने अन्तराष्ट्रिय लक्ष्य लिएको हो। यस सम्मेलनमा विश्वका बाघ पाइने १३ वटा देशका प्रमुख सहभागी थिए।

शुक्रबार सार्वजनिक प्रतिवेदन अनुसार बाघको विचरण एकिन गर्न तराई आर्क ल्याण्डस्केप अन्तर्गतका १५ जिल्ला, डडेलधुरा, डोटी, सल्यान एवं बाग्मति पूर्वका सर्लाही, सिराहा, धनुषा, महोत्तरी र उदयपुर गरी २३ जिल्लामा अकुपेन्सी सर्भेक्षण गरिएको थियो। सर्वेक्षण गरिएका स्थानहरुमध्ये रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (वर्दघाट सुस्ता पूर्व), नवलपरासी (वर्दघाट सुस्ता पश्चिम), दाङ, बाँके, सल्यान, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा गरी जम्मा १६ वटा जिल्लामा बाघको विचरण भइरहेको पाइएको छ। बाघको संभावित विचरण क्षेत्र १८ हजार ९ सय २८ वर्ग किलोमिटरमध्ये ९ हजार ६ सय ५३ वर्ग किलोमिटर क्षेत्रमा बाघले विचरण गर्ने गरेको पाइयो।  

बाघको संख्या यकिन गर्न बाघको बसोबास क्षेत्रलाई चितवन–पर्सा, बाँके बर्दिया र शुक्लाफाँटा–लालझाडी–जोगबुढा गरी तीनवटा कम्प्लेक्समा विभाजन गरी क्यामेरा ट्र्याप विधि प्रयोग गरी सर्वेक्षण गरिएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ थियो। सन् २०१८ मा यो संख्या बढेर २३५ भयो। यो गणना सार्वजनिक हुनुअघि चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७ र बाँकैमा २१, पर्सामा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ थिए।

तस्बिर: दिपक राजबंशी

सन २०१८ को गणनामा बर्दियामा ८७ वटा र बाँकेमा ४ वटा बाघ थिए जबकि सन २००९ मा बर्दियामा जम्मा १४ वटा मात्र बाघ थिए। त्यसपछिको गणना सन्  २०१३ मा ३७ वटा भए। चितवन निकुञ्जमा सन् २०१८ मा ९३ वटा बाघ थिए। चितवन बाघको सबैभन्दा ठूलो बासस्थान हो। विभागले क्यामेरा ट्र्यापिङ, तथ्याङक विश्लेषणलगायतका प्रक्रिया पुरा गरेर बाघ गणना गरेको हो।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण ऐन २०२९ ले बाघलाई संरक्षित प्रजातिको सूचीमा समावेश गरी यसको संरक्षणलाई विशेष महत्व दिएको छ। नेपालको संरक्षित स्तनधारी वन्यजन्तु, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) को अनुसूची १ र विश्व संरक्षण संघको खतरामा परेका वन्यजन्तुको सूचीमा संकटापन्न प्रजातिको रुपमा सूचीकृत छ।  

बासस्थान विनास र चारै शिकार तथा अवैध व्यापारका कारण बाघ लोप हुने अवस्थामा पुगेको थियो। विगत सय वर्षमा बाघको बासस्थान ९५ प्रतिशतले विनास भएको छ भने एक सय वर्षअघि १ लाखको संख्यामा रहेको बाघ सन् २०१० मा ३ हजार २ सय संख्यामा सिमित हुन पुग्यो।

बासस्थान विनास र चारै शिकार तथा अवैध व्यापारका कारण बाघ लोप हुने अवस्थामा पुगेको थियो। विगत सय वर्षमा बाघको बासस्थान ९५ प्रतिशतले विनास भएको छ भने एक सय वर्षअघि १ लाखको संख्यामा रहेको बाघ सन् २०१० मा ३ हजार २ सय संख्यामा सिमित हुन पुग्यो।

विश्वमा पाइने ९ उप–प्रजातिका बाघहरु (सुमात्रान, अमुर टाइगर, बंगाल टाइगर, साउथ चाइना टाइगर, मलायन टाइगर, इन्डो चाइनिज टाइगर, सुमात्रा टाइगर, जाभान टाइगर र क्यास्पियन टाइगर) मध्ये ३ उप–प्रजाति (सुमात्रान, जाभान र क्यास्पियन टाइगर) लोप भइसकेका छन्। बाघ पाइने १३ देशहरुमध्ये कम्बोडिया, चीन, भियतनाम र कोरियामा प्राकृतिक बासस्थानमा बाघको प्रजनन भएको अभिलेख छैन।

बढ्दो छ मानव र बाघबीचको द्वन्द्व, संरक्षण र व्यवस्थानमा चुनौती थपिदैं  

संख्या बढ्दैमा बाघ संरक्षण सफल भएको मान्न सकिन्छ र? संख्या वृद्धिसँगै मानविय जोखिम बढिरहेको छ। मानव र बाघबीचको द्वन्द्व बढ्दो छ। मानवबाट बाघलाई र बाघबाट मानवलाई त्यत्तिकै खतरा छ। संरक्षित क्षेत्र वरपरको जनजिवन त्रसित छ।

तीन वर्ष यताका घटनाक्रमले बाघ व्यवस्थापनको चुनौती थपिएको पुष्टि हुन्छ। यो चुनौती बाघको प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको तुलनामा बर्दिया र बाँके निकुञ्जमा बढी छ। विगत तीन वर्षमा यसको आक्रमणबाट २९ जनाको ज्यान गएको छ। यतिसम्म की बर्दियाको मधुवन नगरपालिका वार्ड न.३ मा मात्र बाघको आक्रमणबाट ६ जनाको मृत्यु भयो।

यी घटना बाँके, बर्दिया र कैलालीका जंगलभित्र भए। केही सर्वसाधारण घाइते भए। धेरै पशुचौपायाहरु मारिए। निकुञ्ज वरपरका सर्वसाधारण अझैपनि त्यत्तिकै त्रसित छन्। डब्लुडब्लुएफ नेपाल कार्यक्रमका बाघविज्ञ डा. कन्चन थापा भन्छन्, ‘बाघ संरक्षण सफल भएको छ। तर व्यवस्थापनका केही पाटाहरु छन तीनको विश्लेषण गरेर कार्यक्रमहरु लागु गर्नुपर्ने देखिन्छ।’

उनको अनुभवमा मानविय क्षतिका अधिकांश घटना जंगलभित्र भएका छन्। सर्वसाधारण जानेर वा नजानेर एक्लै जंगल भित्र पस्दा बाघको आक्रमणमा परेका छन्। ‘मैले सबैभन्दा महत्वपूर्ण समस्याका रुपमा जनचेतनाको अभाव देखिरहेको छु’, उनी भन्छन, ‘जनचेतनाका कार्यक्रमहरु जति सक्यो लक्षित वर्गमा पुग्नेगरी गर्नुपर्ने देखिन्छ।’

डा.थापाले व्यवस्थापनका अन्य पाटाहरु पनि केलाउनुपर्ने बेला आएको उल्लेख गर्दै भन्छन्, ‘सामाजिक दृष्टिकोणबाट पनि विश्लेषण गर्नुपर्ने छ। सर्वसाधारणको जिविकोपार्जन माध्यम र वनजंगलमा आश्रित कुरासँग जोडिएका घटनाहरु पनि त्यत्तिकै छन्। संरक्षित वा मध्यवर्ती क्षेत्र वरीपरीका मानिसलाई जंगलप्रतिको निर्भरता कम गर्दै लैजाउनुपर्छ।’ उनले संरक्षणका कार्यक्रमहरु लक्षित समुदायमा पुग्यो कि पुगेन भनेर विश्लेषण गर्नुपर्ने समय आएको बताए।  

डा.थापाको अनुभवमा विगतका घटना केलाउँदा सर्वसाधारण घाँसदाउरा लिन, निउरो टिप्नलगायत जिविकोपार्जनसँग जोडिएका विभिन्न काममा जंगल पस्ने गरेको देखिएको छ। संरक्षण क्षेत्रभित्रका नदीखोलामा रातबिरात गएका घटना पनि छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रबिन कडरियाका अनुसार विशेषगरी बर्दिया र बाँके निकुञ्ज आसपास र बर्दिया निकुन्जसँग जोडिएका सामुदायिक वनमा बाघ बढेसँगै आक्रमणका घटना दाहोरिएका छन्।  

उनका अनुसार मध्यवर्ती क्षेत्र, खाता जैविकमार्ग र कैलालीको सामुदायिक वनमा तीनबर्षमा बाघको आक्रमणबाट धेरैको ज्यान गएको छ। बर्दिया निकुन्जबाट बाहिर निस्केको बाघले भुरिगाउँ घरमा काम गर्दे गरेको बृद्ध बाहेक अधिकांश घटना बाघको टेरोटोरी भित्रै बाघले आक्रमण गरेको छ।

'शून्यचोरी शिकारी र आहारको व्यबस्थापनले प्रत्येक गणनामा बाघ बढेको छ, उनले भने। बाघको उचित संरक्षण र व्यबस्थापन गर्न जरुरी ठान्छन्, कडरिया। ‘जंगलको राजा बाघको मुभमेन्ट जताततै भईरहन्छ’,उनले भने, ‘मुभमेन्ट भएको ठाउँमा हो हल्ला भयो भने बाघ आक्रमक बन्छ,त्यस्तो अवस्थामा बाघले आक्रमण गर्छ।’  

'शून्यचोरी शिकारी र आहारको व्यबस्थापनले प्रत्येक गणनामा बाघ बढेको छ, उनले भने। बाघको उचित संरक्षण र व्यबस्थापन गर्न जरुरी ठान्छन्, कडरिया। ‘जंगलको राजा बाघको मुभमेन्ट जताततै भईरहन्छ’,उनले भने, ‘मुभमेन्ट भएको ठाउँमा हो हल्ला भयो भने बाघ आक्रमक बन्छ,त्यस्तो अवस्थामा बाघले आक्रमण गर्छ।’  

डा.थापाका अनुसार संरक्षणसँगै व्यवस्थापनका थप काम पनि गर्नुपर्ने भएको छ। भइरहेका कामलाई अझै प्रभावकारी बनाउनुपर्छ। बाघको व्यवस्थापनको अर्को पाटो भनेको यसको बासस्थान पनि हो। किनकी केही घटना बाघ जंगल बाहिर आएर पनि भए। यस्ता घटना नियन्त्रण गरी दिर्घकालिन व्यवस्थापन गर्न जंगल भित्र त्यसको आहारा प्रजातिका जनावरको संख्या घटन दिनु भएन। ठाँउठाँउमा पानीको व्यवस्था पनि गरिदिनुपर्र्यो। उनले विगतका हरेक घटनालाई छुट्टा छुट्टै तरिकाले विश्लेषण गरेर त्यही अनुसार व्यवस्थापनको काम गर्नुपर्ने बताए।  

बर्दिया निकुन्ज प्रशासनले बाघ संरक्षण र व्यवस्थापनको चुनौती बढेसँगै १३ वटा रणनितिक योजनामा काम गरिरहेको छ। ती योजना मध्यवर्ती क्षेत्रमा लागु गरिरहेको प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। ‘योजनामा बाघको आनीबानीबारे जानकारी दिइ मानविय व्यवहार परिवर्तन गर्ने कामलाई प्राथमिकतामा राखेका छौ’, उनले बर्दियास्थित नागरिक संवाददाता निर्मल घिमिरेसँग भने, ‘वन्यजन्तुबाट प्रभावित क्षेत्रमा मुख्य गरी सचेतना, बिमा र सुरक्षा मापदण्ड अवलम्बन गर्न निकुन्ज प्रशासनले जोड दिएको छ।’

‘बाघ र मानिसको व्यवहारमा परिवर्तन नआउँदा संरक्षणमा समस्या आयो’, उनले भने। प्रमुख श्रेष्ठको अनुभवमा भाले र भाले बाघको जम्काभेटले प्राकृतिक मृत्यु बढेको छ।

मानविय क्षतिका साथसाथै बाघहरु पनि विभिन्न कारणले मर्नेक्रम बढेको देखिन्छ। बाघहरु आपसमा जुधेर, असक्त भएर र मानिस राखेको विद्यूतिय धरापमा परेर मरिरहेका छन्। 

सोमबार मात्र अन्तराष्ट्रिय जैविक मार्ग, खातास्थित जन जागृति सामुदायिक वनमा मृत अवस्थामा  पाटे बाघ भेटियो। कुहिएको अवस्थामा भेटिएको उक्त बाघ प्राकृतिक कारणले मरेको हुन सक्ने प्राबिधिकको अनुमान छ। निकुञ्जले मानिस र बाघबीचको द्वन्द्व बढी भएका स्थानमा क्यामरा राखेर व्यवस्थापन गर्ने रणनीति अंगिकार गरेको छ। ‘समस्या ग्रस्त बाघको पहिचान गर्न सकिने र प्राकतिक मृत्यु दर घटाउन सकिन्छ,’ प्रमुख श्रेष्ठ भन्छन्।

यसैगरी गाउँ बस्तीमा बाघ र आहार प्रजातीलाई रोक्नका लागि बिद्युत तारबारको विस्तार गरेको उनी बताउँछन्। श्रेष्ठका अनुसार मध्यवर्तीका पालीकाहरुसँगको समन्वयमा विमा (मानविय, अन्नबाली, पशु नोक्सानी), सेनाका पोष्ट विस्तार, नियमिति गस्ती, पट्रोल, स्वपिङ, एम्बुस जस्ता अप्रेसन लगायतका गस्ती बढाइएको छ।

यही क्रममा निकुञ्ज प्रशासनले बर्दियाबाट ६ र बाँकेबाट २ वटा गरी ८ वटा समस्या ग्रस्त बाघलाई नियन्त्रणमा लिएको थियो। ती बाघलाई उद्धार गरी निकुञ्ज र सदर चिडियाखानामा राखिएको छ। त्यस मध्य दुई वटा बाघ बाँकेको राप्ती सोनारीबाट नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: १३ श्रावण २०७९ १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App