coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध सालको काठसहित ट्याक्टर चालक पक्राउ

अर्घाखाँचीको भुमिकास्थानमा अवैध सालको काठसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।  

भुमिकास्थान नगरपालिका वडा नम्बर–६ खिल्जीको माछामारेमा २५ गोलिया सालको अवैध काठसहित लु ३ त ३९६९ नम्बरको ट्याक्टर र चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।  

६६.४८ क्युफिट सालको काठ र चालकसहित ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरीचौकी खिल्जीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ट्याक्टरमा प्रतिबन्धित सालको काठ भेटिएपछी ट्याक्टर र ट्याक्टर चालक २७ वर्षीय बिनोद परियारलाई पक्राउ गरेको हो।

प्रकाशित: १२ श्रावण २०७९ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App