८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीको निगरानीमा मिटरब्याजी: डिआइजी किरण बज्राचार्य

जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण बज्राचार्य। तस्विर: अनिल /नागरिक

बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण बज्राचार्यले मिटर ब्याजी धन्दा चलाउने प्रहरीका विशेष निगरानीमा रहेको बताएकी छिन्।  मिटर ब्याजी र गुणगर्दी नियन्त्रण प्रहरीको पहिलो प्राथमिकतामा रहेको उनले बताइन्। 

गुण्डागर्दी नियन्त्रणमा प्रहरीले प्राथमिकताका साथ लागेको भन्दै होटल रेष्टुरेन्ट तथा मिटरब्याजी गरेर गुण्डागर्दी गर्ने प्रहरीको निगरानीमा डिआइजी बज्राचार्यको भनाई छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको निरिक्षण गर्न बिहिबार सिन्धुली जिल्ला आएकी बज्राचार्यले जिल्ला प्रहरी कार्यालय परिसरर्मा  जनप्रतिनिधि तथा सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रम गर्दै जुनसुकै घट्ना घट्नेवित्तिकै तत्काल प्रहरी पुग्छ भन्ने अभाष दिने गरि प्रहरीले काम गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई निर्देशन दिइन्। 

पछिल्लो समय प्रविधि चुनौतीपूर्ण बन्दै गएको भन्दै उनले प्रविधिमा नेपाल प्रहरीले पनि क्षमता अभिबृद्धि गर्दै लैजानुपर्ने अवस्था आएको बताइन्। डिआइजी बज्राचार्यले रानीबारी हत्या काण्ड सर्बोच्च अदालतका न्यायधिशको हत्या काण्ड जस्ता अपराधमा संलग्न अपराधिहरुलाई प्रहरीले समाएर कानुनी कारवाहीमा ल्याएको  उदाहरण दिदै अपराधि उम्कन नसक्नेमा ठुक्क हुन आग्रह गरिन्। अपराधि कहिँ कतै लुक्न नसक्ने भन्दै जुनसुकै समयमा समातिने उनको भनाई छ।

यौनजन्य  र महिला तथा बालबालिका सहित जेष्ठ नागरिकका मुद्दालाई प्राथमिकतामा राख्न समेत डिआइजी बज्राचार्यले  जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई निर्देशन दिइन्। प्राकृतिक स्रोतको अवबैध दोहन, लागूऔषध नियन्त्रण लगायतका क्षेत्रमा प्रहरीले विशेष निगरानी राख्ने उनको भनाई छ।  

सिन्धुलीमा गत स्थानीय तहको निर्वाचन ऐतिहासिक रुपमै शान्तीपुर्ण र सभ्यरुपमा सम्पन्न भएको उनको भनाई थियो। प्रहरी संगठनले प्रहरी प्रशासनलाईनै चुस्त दुरुस्त बनाउने विषय समेत प्राथमिकतामा राखेको उनले जानकारी दिइन्। प्रहरीको प्रस्तुतीसहित घट्नास्थलमा तत्कालै पुग्नेगरी नागरिकको गुनासो सुनुवाई हुनुपर्ने उनको भनाई छ। 

मदिरा सेवन गरि समाजमा अशान्ति गर्ने र विकृति फैलाउनेलाई प्रहरीले विशेष निगरानी गरि कारवाही गर्ने डिआई बज्राचार्यको भनाई छ। समुदाय प्रहरी साझेदार कार्यक्रम गरि प्रहरीले लागुऔषध दुव्यसनी, साइबर क्राइम, टाफिक व्यवस्थापन र महिला बालबालिकाका विषयमा फोकस गरेर समुदाय प्रहरी साझेदार कार्यक्रम भइरहेको डिआइजी बज्राचार्यले जानकारी दिइन्। पुलिस टिचर कार्यक्रम सञ्चालन गरि प्रहरीले तयार गरेको पाठ्यक्रम विभिन्न विद्यालयमा लागु गरि प्रहरी शिक्षक भएर विद्यार्थीलाई जनचेतनामुलक शिक्षा दिन लागेको समेत उनले बताइन्।  

जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण बज्राचार्य सहित प्रहरी अधिकृतहरु। 

प्रकाशित: १२ श्रावण २०७९ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App