७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले पुरिएर महिलाको मृत्यु

गएरातीदेखि परेको पानीसँगै पहिरो जादाँ धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ बेसारेमा एक महिलाको मृत्यु भएको छ । २४ वर्षीया शर्मिला राना मगरको मृत्यु भएको प्रहरीले जानकारी दिए। 

पहिरोले पुरिएर बेपत्ता भएका उनको सशस्त्र प्रहरी, नेपाली सेना स्थानीयको सहयोगले शव फेला पारेको थियो। शर्मिला जिल्लाको सिद्धलेक गाउ“पालिका वडा नं ३ मा रहेको खड्गदेबी आधारभूत विद्यालयका प्रधानाध्यपक हुन्।  

बाढिपहिरोले जिल्लाको विभिन्न ठाउ“मा क्षती पु¥याएको छ। पहिरोले नीलकण्ठ नगरपालिका वडा नं ३ र ४ मा गरी ३९ घर जोखिममा परेको छ। नीलकण्ठ ४ की भगवती न्यौपानेको ७ वटा बुङगुर बगाएको छ। धादिङबेसीस्थितको अरुण खोलामा बाढी आउ“दा खोला मिचेर बनाइएका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ।  

नीलकण्ठ ४ स्थित अरुणखोला किनारा छेउको टंकेश्वर इन्टरप्राइजेजको जस्तापाता, ड्रम, रड बगाउदा १ करोड १९ लाख नोक्सान गरेको छ। बाढीले नीलकण्ठ ३ सिरानबजारमा कृष्ण श्रेष्ठले संचालन गर्दै आइरहेको भगवती फर्निचर उद्योग बगाएको छ। 

प्रकाशित: १० श्रावण २०७९ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App