८ वैशाख २०८१ शनिबार
समाज

आमावुवाको स्मृतिमा अक्षयकोष

रुपा गाँउपालिकास्थित कालिका माविमा पोखरा–३० निवासी दुर्गा पौडेल न्यौपानेले अक्षयकोष स्थापना गरेकी छन्। न्यौपानेले बुबा गजाधर र माता राधिका पौडेलको स्मृतिमा विद्यालयमा एकलाख एकरुपैयाँ राशीको अक्षयकोष स्थापना गरेकी हुन्।  

आफैले अक्षरारम्भ गरेको विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा खुशी लागेको न्यौपानेले बताईन्। प्रवेशिका परीक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने छात्रा तथा छात्रलाई छात्रवृत्ति प्रदान गर्नेगरि अक्षयकोष स्थापना गरेको उनले बताईन। विद्यालयमा १ सय ७५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास खनाललाई न्यौपानेले रकम हस्तान्तरण गरिन्।

अक्षयकोष स्थापना कार्यक्रमका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनालले अक्षयकोष स्थापनाले विद्यार्थीलाई अझै उत्साह थप्ने र अन्य अभिभावकलाई पनि प्रोत्साहित गर्ने स्पष्ट पारे।  कार्यक्रमका प्रमुख अतिथि त्रिवेणी इन्टरनेशनल कलेजका प्रमुख यदुराज आचार्यले सामुदायीक विद्यालयमा स्थापित अक्षयकोषले विद्यार्थीलाई प्रोत्साहित गर्ने बताए।  

प्रकाशित: ९ श्रावण २०७९ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App