३० श्रावण २०७९ सोमबार
समाज

उपमेयरमाथि जबरजस्ती करणी उद्योग मुद्दा

लहान नगरपालिकाका उपमेयरमाथि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ। उपमेयर रामचलितर महतोले एक महिलाले कार्यकक्षको गोप्य कक्षमा जवरजस्ती करणी उद्योग गरेको भन्दै इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दर्ता गराएकी हुन्।  

कार्यकक्षमा बोलाएर जागिर लगाइदिन्छु भन्दै आफूमाथि उपमेयरले बलात्कारको प्रयास गरेको पीडित महिलाले प्रहरी समक्ष वयान दिएकी छिन्। पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दिएपछि बिहीबार जाहेरी दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले बताए।

केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो। सोही पदमा महिलाले पनि दरखास्त भरेकी थिइन्। जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कार्यकक्षको गोप्य कक्षमा बोलाएर बलात्कार प्रयास गरेको महिलाले सुनाइन्।

घटनाबारे राष्ट्रिय महिला आयोग र मानवअधिकार आयोगले समेत निगरानी राखेको छ। घटना सार्वजानिक भएदेखि उपमेयर सम्पर्कविहीन भएको छ।

प्रकाशित: ५ श्रावण २०७९ २२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App