कालिकोटमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन्। मृत्यु हुनेमा गाडिका सहचालक पचालझरना ५ का २० वर्षीय तुफान बम रहेको प्रहरीले जनाएको छ।
कालिकोटको मान्माबाट नाग्म जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस खाँडाचक्र नगरपालिका–६ सिम्लेगाड खोलामा दुर्घटनामा परेको हो।
दश जना घाइते मध्ये दुई जनाको अवस्था गम्भिर र उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको कालिकोटका प्रहरी प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले बताए। दुर्घटनाको पूरा विवरण भने आउन बाँकी रहेको उनले बताए।
प्रकाशित: ५ श्रावण २०७९ १२:५५ बिहीबार