८ वैशाख २०८१ शनिबार
समाज

अवैध घरेलु मदिरा उत्पादनमा रोक

जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लाभर घरेलु मदिरा बरामद गर्न थालेको छ। घरेलु मदिरा सेवनबाट हुने झै झगडाहरु कम गर्न अभियान चलाएको हो।  

यसअघि घरेलु मदिरा उत्पादन गर्न प्रहरीले जिल्लाभर रोक लगाएको थियो। अटेर गरेर मदिरा उत्पादन गर्ने र बिक्री गर्नेहरुमाथि जिल्लाभर रहेका अस्थाई प्रहरी चौकी,प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयबाट खटिएर प्रहरीले छापा मारी अवैध घरेलु मदिरा जफत गर्ने गरेको छ।  

प्रहरीले मदिरा उत्पादन गर्ने भाँडाहरुदेखि उत्पादन गर्दा प्रयोग गरिने सामानहरु समेत बरामद गरेको छ। विगतमा मदिरा सेवन गरि घरपरिवारका सदस्यहरुलाई कुट्ने तथा गाली बेइजती गर्ने मुद्दाहरु बढी आउने गरेकोमा प्रहरीले मदिरा नियन्त्रण अभियान थाले पछि गाउँघरहरु शान्त हुन थालेको प्रहरीको भनाइ छ।

विशेष गरी मदिरा सेवनबाट महिलाहरुमा घरेलु हिंसाका घटना बढी हुने गर्दथ्यो। ‘अवैध मदिरा बरामद गर्न प्रहरी जिल्लाभर सक्रिय भएर लागेको छ’,प्रहरी प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले भने,‘मदिरा नियन्त्रण अभियानसँगै मदिराकै कारण हुने घरेलु हिंसामा समेत केहि कमी आएको छ।’  

सदरमुकाम आसपासदेखि ९ वटै स्थानीय तहमा मदिरा नियन्त्रण र सचेतनाका कार्यक्रमहरु प्रहरीले सक्रिय भएर गरेको छ। प्रहरीले स्थानीयसँग समन्वय गरेर अवैध मदिरा उत्पादन र बिक्री गर्ने पसल तथा घरहरुमा छापा मार्ने गरेका छन्। स्थानीय जनप्रतिनिधिको सहयोगमा प्रहरीले अवैध मदिरा बरामद गरेर नष्ट गर्ने गरेको हो।  

गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नर्गन अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारि रामहरि शर्माले सरकारले गैरकानूनी पेशा मानेकाले घरेलु मदिरा उत्पादन बिक्री वितरणमा रोक लगाएको बताए। मदिरा उत्पादन गरी जिविकोपार्जन गर्ने परिवारलाई पालिका तथा वडाले कार्यक्रम बनाएर रोजगारि दिनुपर्ने उनको भनाई छ। 

प्रकाशित: ५ श्रावण २०७९ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App