८ वैशाख २०८१ शनिबार
समाज

डिलासैनीमा कार्यरत ५८ करारका कर्मचारी हटाइए

बैतडीको डिलासैनी गाउँपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेका करारका कर्मचारीलाई हटाएको छ।

५८ जना पालिका मातहतका करारका कर्मचारी हटाएको हो। विगतमा विनास्रोत भर्ना गरेको भन्दै विद्यालय कर्मचारी र गाउँपलिकामा कार्यरत कर्मचारीहरुको करार अवधी नथप्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।

विद्यालयमा कार्यरत कार्यालय सहयोगी, पालिका शिक्षक स्वयंसेवक र अन्य विद्यालय कर्मचारी कार्यालय सहयोगी, कृषि प्राविधिक, समाजिक परिचालक र स्वास्थ्यका कर्मचारी गरी ५८ जनाको करार अवधि नथप्ने निर्णय भएको प्रवक्ता भट्टले बताए।

यसैगरी जिल्लाको पाटन नगरपालिकाले पनि बिना लाइसेन्सका विद्यालय शिक्षकहरुलाई हटाएको छ। साउन १ गते देखि लागू हुने गरी लाइसेन्सविहिन शिक्षकहरुलाई हटाएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए।

नगरपालिकाले गत जेठ ३१ गते नै लाइसेन्स नभएका शिक्षकहरुलाई हटाउने निर्णय गरेको थियो। बैतडीका अन्य स्थानीय तहले पनि करारका कर्मचारीहरु हटाउन थालेको छ।

प्रकाशित: ३२ असार २०७९ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App