७ वैशाख २०८१ शुक्रबार
समाज

भारतद्वारा नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण

नेपाललाई भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्‍याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरु सहयोग गरेको छ।

शुक्रबार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्‍याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरु हस्तान्तरण गरेका हुन्।

भारतले ३ हजार टेन्ट्स, १० इन्प्लेटिबल रबराईज बोट्स लगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरुको सामना गरिरहेको निरन्तर सहयोगको अपेक्षा गरेको बताए।

उनले भूक्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारत सरकारले सहयोग महत्वपूर्ण रहेको भन्दै नेपाल र भारत सरकारबीचको सम्बन्ध सुमधुर रहेको बताए। त्यस्तै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले वर्षाको बेला भारत र नेपालमा प्राकृतिक विपद्का घटना धेरै हुने गरेकोले विपद्पूर्व नै तयारीका लागि सामान हस्तान्तरण गरेको बताए।

उनले प्राकृतिक विपद्का घटनाको न्यूनिकरणका लागि आगामी दिनमा पनि नेपाल र भारत मिलेर काम गर्ने प्रतिवद्धता जनाए। राजदुत श्रीवास्तवले विपद्को सामना गर्नको लागि आवश्यक क्षमता विकास गर्न पनि भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।  

प्रकाशित: ३१ असार २०७९ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App