coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीले बढेको तलब पाएनन्

बैतडीको दशरथचन्द नगरपालिका भित्रका विद्यालयमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले बढेको तलब पाएका छैनन्।

चालु आर्थिक वर्षमा ६ महिना बढेको तलब पाएपनि ६ महिना भने बढेको तलब नपाएको बालविकास सहजकर्ता संघर्ष समितिका संयोजक मञ्जु भट्टले बताइन्। नगरपालिकाको अघिल्लो सरकारले न्यूनतम तलबमा ७ हजार बढाएर दिने निर्णय गरेको भए पनि पछिल्लो ६ महिनाको तलब पाउन नसकेको उनीहरुको गुनासो छ।

यस अघिको नगर कार्यपालिकाले गरेको निर्णय अनुसार तलब नपाएपछि संघर्ष समिति गठन गरेर नगरपालिकालाई दबाव दिन थालेका छन्। दशरथचन्द नगरपालिकामा १ सय ४५ जना बालविकास सहजकर्ता र विद्यालय कर्मचारी रहेका छन्। ७१ जना बालविकास सहजकर्ता, १९ जना लेखापाल र ५५ जना कार्यालय सहयोगी रहेका छन्।

अघिल्लो सरकारले निर्णय मात्रै गरेको तर बजेट विनियोजन नगरेकाले तलब खुवाउन समस्या रहेको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले बताए। आगामी आर्थिक वर्षदेखि उनीहरुको बढेको तलब दिइने उनले बताए।  

प्रकाशित: ३१ असार २०७९ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App