२३ मंसिर २०७९ शुक्रबार
समाज

आयोजनाका तटबन्ध अपुरो र अधुरो हुँदा बाढीको जोखिम

लटकनियामा निर्माण गरिएको तटबन्धको बाँध । फाइल: तस्बिर/नागरिक

बबई भादा र औरही नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना र कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना स्थापनाको मुख्य उद्देश्य जेठो सदरमुकाम गुलरियालगायतका दुई पालिका र पुरानो व्यापारी केन्द्र राजापुर र गेरुवा गाउँपालिका क्षेत्र सुरक्षित गर्नु थियो। तर, तटबन्धको नाममा अर्बौं खर्चिएका आयोजनाको प्रगतिले वर्षौंदेखि बाढीको जोखिम रहेका संवेदनशील ठाउँका स्थानीयमा बाढीको त्रास कायम छ। कर्णाली नदीमा बर्सेनि भत्किएका तटबन्धन निर्माणमा आयोजना जुटेको छ भने बबई नदी नियन्त्रणमा कच्चो तटबन्धका कारण जिल्लाका मुख्य बजार क्षेत्रमा बाढीको जोखिम कायम छ।  

बबई, भादा र औरही नदी नियन्त्रणका आयोजना प्रमुख अनुभव चौधरीले थपुवा, लटकनिया, पशुहाट बजार क्षेत्रमा निर्माण भएका तटबन्ध प्रगतिको प्रमुख जिल्ला अधिकारी बन्धु वास्तोलाको टोलीलाई मंगलबार स्थलगत अनुगमन गराए। यस्तैगरी बर्सेनि पुरानै क्षेत्रमा गरेको अनुगमनको नाममा झुक्काएर तटबन्धका नाममा झारा टार्ने काममा कर्मचारी तल्लिन देखिन्छन्। असार दोस्रो सातादेखि मनसुन सक्रिय भएपछि आकाशमा बादल मडारिँदा गुलरिया र राजापुर क्षेत्रमा बाढी पस्ने त्रासमा स्थानीय छन्।

०७१ र ०७४ सालमा बबईमा आएको बाढीले घर बगाएर आश्रयस्थलमा बसेकि उनलाई पहिलेको नियति भोग्ने पर्ने हो कि भन्ने चिन्ताले रातदिन पिरोलिरहेको छ।तर अर्बो बजेट खर्च गर्ने आयोजनाले पुराना काम देखाएर र आफुखुसी कोटसनमा काम दिँदा नदी गाउँ पस्ने त्रास यथावत छ।  

तर, बबई नदी नियन्त्रणका लागी निर्माण भएका तटबन्धनको काम अधिकांश अपुरो र अधुरो छन्। बबई कटान रोक्न समयमै बजेट नआउँदा तटबन्धको काम पूर्णरूपमा प्रभावित भएको आयोजनाको कर्मचारी बताउँछन्। कर्णाली नदी नियन्त्रण आयोजना २०७१ सालमा स्थापित सरकारको प्राथामिकतामा परेको महत्वाकांक्षी आयोजना हो।  

कर्णाली नदी नियन्त्रणका लागि पुरानो तटबन्ध बचाउँन असारमा ८० लाख बराबरको तटबन्ध निर्माण गरेको आयोजना प्रमुख कुशन शेर्पाले बताए।  

कर्णाली नदी नियन्त्रणका लागि अर्बौं रूपैयाँ खर्च गरिसकेको आयोजनाले असार विकासमा तल्लिन देखिनु लाजमर्दो भएको स्थानीय टिप्पणी गर्छन्। तर, यस्ता काममा स्थानीय पहुँचवाला नेताको साथ हुँदाकर्मचारीको मनोमानीमा सरकारी बजेट दुरूपयोगहुँदै आएको छ। कर्णाली र बबई नदी नियन्त्रणका आयोजना स्थापित हुनुअघि जल उत्पन्न प्रकोप आयोजनाले जनताको तटबन्धको नाममा अर्बौं बजेट खर्च गरे पनि त्यस्को अवशेष पनि देख्न नपाइने अवस्था छ। रेर्कडमा बबई नियन्त्रणका लागि जल उत्पन्न प्रकोप आयोजनाले ४ अर्ब बढी बबई नदी नियन्त्रणका खर्च गरेको छ। ‘सरकारको प्राथामिकतामा परेका आयोजना तटबन्धको नाममा नदीमा कच्चो तटबन्धको बाध बाँधिएको छ,’ स्थानीय रामकृष्ण चौधरीले भने, ‘सरोकारवाला निकायको मिलिमतोमा निर्माण भएका कच्चो तटबन्ध बर्सेनि फुट्दा झन कहाली लाग्दो जोखिम देखिन्छ।’

०७१ साल साउन अन्तिममा आएको बाढीले ३० जनाको ज्यान गएको थियो। ४ जनाको अवस्था अझै अज्ञात छ। एक लाख घरधुरी प्रभावित भएका थिए। यस्तै राजापुर क्षेत्र उव्जनी जमिन र सयौ घर परिवार विस्थापित हुन्छन। बाढी र कटानबाट १ सय ६२ परिवार विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका छन्। गुलरिया सदरमुकामनजिक पशु हाट बजार,रामपुर टप्पर,प्रयागपुर ,लटकनिया काम सुरु भएको बर्सौं बितिसक्दा अपुरो र अधुरो काम भएको स्थानीय गुनासो गर्छन। यस वर्ष बाढी आउनासाथ उक्त ठाउँ कटान र बाढीको उच्च जोखिम हुने खतरा बढेको स्थानीय त्रस्त छन्।  

०४० सालदेखि हालसम्म वर्षायाममा नदी कटानले सदरमुकाम गुलरिया,बारबर्दिया र मधुवनका दुई सय बिघा जग्गा बगरमा परिणत गरिसकेको तथ्यांक छ। वर्षायाम सुरु भएपछि बाढीको त्रासले तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्ने पर्ने बाध्यतामा छन्। 

प्रकाशित: २७ असार २०७९ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App