coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अत्याधिक गर्मीका कारण ९ प्रहरी बेहोस

धनगढीमा मंगलबार ३६ दशमलव ८ डिग्री सेल्सियस

गर्मीले बेहोस भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराउँदै एक प्रहरी जवान। तस्बिरः पुष्पराज जोशी/नागरिक

अत्याधिक गर्मीका कारण धनगढीमा ९ जना प्रहरी बेहोस भएका छन्। तालिममा रहेका नयाँ प्रहरीलाई मंगलबार बिहान लामो दूरीको दौडमै रहेका बेला उनीहरु बेहोस भएका हुन्। बेहोस भएका मध्ये ६ जना उपचारपछि फर्किएका छन् भने ३ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमै उपचार भइरहेको छ।  

नयाँ भर्ना भएका प्रहरीहरुलाई अत्याधिक गर्मीका कारण ‘हिट स्टोक’ भएर बेहोस भएको उपचारमा संलग्न चिकित्सकले बताए। सेती प्रादेशिक अस्पतालका डाक्टर सुमन चौधरीका अनुसार अत्याधिक गर्मीले गर्दा उनीहरुको शरीरमा तापक्रम बढ्ने र पानीको मात्रा घटेको हुँदा बेहोस भएका हुन्। ‘पानी समेत नदिई चाहिने भन्दा बढी कडा परिश्रम गराउँदा बेहोस भएका हुन्,’ डाक्टर चौधरीले भने,‘लगातार कडा परिश्रम हुनु र बीचबीचमा विश्राम नपाउनुले पनि उनीहरुको यो अवस्था आएको हुनसक्छ।’ अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एउटै प्रकृतिको लक्ष्यण देखिए पनि दुई जनालाई मृर्गीको लक्ष्यण देखिएको उनले बताए।  

बेहोस भएर सेती प्रादेशिक अस्पतालमा भर्ना भएका सन्तोष नेपाली, हरि बिक, अर्जुन थारू, भरत बिष्ट, हरिनारायण राना र ताराप्रसाद पल्लीमगर उपचारपछि फर्किएका छन् भने सरोज चौधरीलाई भेन्टिलेर र प्रसान्त रावतलाई आईसियूमा राखेर उपचार भइरहेको छ। यस्तै दिनेश सुनारको भने अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।  

गत भदौमा नयाँ भर्ना भएका ९८ जना प्रहरी जवानलाई सुदूरपश्चिम प्रदेश प्रहरी गणमा प्रशिक्षणमै थिए। प्रशिक्षणकै क्रममा बिहान भएको शारीरिक व्यायाम अन्तर्गतको १० किलोमिटर दौडमा उनीहरु बेहोस भएका थिए।  

धनगढीमा मंगलबार ३६ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। ‘यो तापक्रम भनेको अत्याधिक हो,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् बरुण पौडेलले भने,‘धनगढीमा सोमबार भन्दा मंगलबार गर्मी २ डिग्रीले बढेको छ।’

प्रकाशित: २२ असार २०७९ १५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App