४ वैशाख २०८१ मंगलबार
समाज

तुइनबाट खसेर एक किशोर बेपत्ता

फाइलतस्बिर

जिल्लाको ब्याँस गाउँपालिका–२ दुम्लिङस्थित गोठालघाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन्। 

बुधबार दिउँसो साढे ३ बजेतिर ब्याँस गाउँपालिका–२ घर भएका १९ वर्षीय सचिन बुढाथोकी भारतबाट नेपाल फर्कदा तुइनको लठ्ठा टुटेर बेपत्ता भएको प्रहरीले जनाएको छ। ब्याँस गाउँपालिकाको दुम्लिङ घर जाने क्रममा तुइन टुटेर महाकाली नदीमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सचिनले आफूसँगै धेरै तौल भएको समान पनि तारिरहेको तथा तुइन टुटेको प्रत्यक्षदर्शीले बताएको सुरक्षा स्रोतले जनाएको छ। बेपत्ता युवकको खोजीका लागि घटनास्थलमा सुरक्षाकर्मी पुगेका छन्। बेपत्ताको खोजीमा महाकाली किनारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटिरहेका छन्। तुइन बाधिएको काठको खम्बा(खाबो) चुडिएर  नदिमा खसेको  स्थानीयले बताएका छ्न।

गत वर्ष सोही स्थानमा महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा स्थानीय जयसिंह धामी  बेपत्ता भएका थिए।

प्रकाशित: २२ असार २०७९ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App