१६ चैत्र २०८० शुक्रबार
समाज

सूचनाको हक कार्यान्वयन गर्न सबै कार्यालय र स्थानीय सरकार जिम्मेवार हुनुपर्छ: अध्यक्ष्य झा

राष्ट्रिय समाचार समितिका अध्यक्ष्य धर्मेन्द्र झाले सूचनाको हक कार्यान्वयन गर्नका लागि सबै कार्यालय र स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ भक्तपुरको आयोजनामा गरिएको सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको अवस्थामा सूचना दिने र लिनेबीच तालमेल हुन नसकेको बताए।  

सार्वजनिक निकायले सूचनाको हकप्रति गम्भिर हुनुपर्ने भन्दै उनले सूचनाले नै लोकतन्त्रलाई बलियो बनाउने बताए। उनले जनप्रतिनिधिहरुले जनताले बढी चासो राख्ने बिषयको सूचना चाडो भन्दा चाँडो सार्वजनिक गरी जनताप्रतिको जिम्मेवारीता देखाउनुपर्ने खाँंचो पनि उनले औंल्याए।

कार्यक्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हक पत्रकारको मात्र नभई सर्वसाधारण जनताको पनि भएको बताए। त्यसैले स्थानीय सरकारले सर्वसाधारणको लागि पनि नेपाल सरकारले तोकेको नियममा बसेर दिन मिल्ने सम्पूर्ण सूचना दिने बचन उनले दिए। 

नगर प्रमुख श्रेष्ठले नगरपालिकाले गरेको र गरिरहेको सम्पूर्ण कामकोबारे सबै जनतामा पुग्नेगरी सूचना प्रवाह गर्न नगरपालिकाले सदैव तयार रहेको भन्दै सूचनामा सबैको पहुँच पुगोस भने हेतुले सूचना अधिकारी तोकिएको समेत जानकारी दिए। उनले भखरै सम्पन्न भएको नगरसभाको पनि सम्पूर्ण जानकारी चाडै नै पत्रकारहरु माझ सार्वजनिक गर्ने पनि जानकारी दिए।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको सबै सरकारी, गैरसरकारी, संघसंस्थालगायत स्थानीय निकायमा पनि अनिवार्य सूचना अधिकारी राख्नुपर्ने ब्यवस्था गरेको बताइन्। कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले सूचनाको अधिकार पत्रकारको मात्र नभई आम जनताको अधिकार भएकोले संविधानले नै प्रत्याभुति गराएको हुनाले आम नागरिकले पाउने सूचनाको अधिकार सबैले पालना गर्नुपर्ने बताए।

प्रकाशित: २२ असार २०७९ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App