coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इलामको सन्दकपुरमा ट्र्याक्टर र ट्रकमा गोलिया बोक्न नपाइने

सन्दकपुर गाउँपालिकाको सुर्कने–सरस्वती मावि जोड्ने सडक। तस्बिर: नागरिक

सन्दकपुर गाउँपालिकाले पालिकाका सबै वडामा ट्र्याक्टर र ट्रक चल्न रोक लगाएको छ। बर्खामा ट्र्याक्टर र ट्रकले सडक बिगारेर अनिवार्य आवश्यकता समेत पूरा गर्न समस्या देखिएको भन्दै गोलिया ढुवानीमा ट्र्याक्टर र ट्रक प्रयोग नगर्न गाउँपालिकाले सूचना गरेको हो।  

प्रमुख प्रशासकीय अधिकृत महेश राईले सूचना जारी गर्दै गोलिया बोक्ने काममा ट्र्याक्टर र ट्रक प्रयोग नगर्न भनिएको बताए। ‘कार्यपालिकाको सर्वसम्मत् निर्णय अनुसार ट्र्याक्टर र ट्रकबाट गोलिया ढुवानी बन्द गरिएको हो,’उनले भने, ‘ट्र्याक्टर र ट्रकले बर्खामा सडक धेरै बिगारेर खाद्यान्न ढुवानी, स्वास्थ्योपचारमा अस्पतालसम्म जाने–आउने समस्या हुने भएकाले कार्यपालिकाको बैठकबाट सर्वसम्मत् रूपमा यस्तो निर्णय भएको हो।’

अब अर्काे सूचना नभएसम्मका लागि सबै वडामा ट्र्याक्टर र ट्रकमा गोलिया ढुवानी गर्न पाइने छैन। दैनिक उपभोग्य वस्तु अभाव हुँदा लिन जाने–आउने, बिरामी हुँदा एम्बुलेन्स चलाउने सडक नै ट्र्याक्टर र ट्रकका कारण बर्खामा बन्द हुने अवस्था हुन नदिन यस्तो निर्णय गरिएको पालिकाले जनाएको छ।  

जिल्लाकै माइजोगमाई गाउँपालिका–५ मा पनि ट्र्याक्टर गुडाउन बन्द गरिएको छ। बर्खामा ट्र्याक्टरले सडक बिगारेको भन्दै वडाको बैठकले आउँदो भदौ १५ सम्म लागू हुनेगरी मुख्यबाहेक वडाका सबै शाखा सडकमा ट्र्याक्टर चलाउन रोकेको हो। वडाले नयाँबजार–स्यालढुंगा–कटुसे हुँदै इलाम बजार जाने तथा स्यालढुंगा–सरस्वती मावि हुँदै इलाम बजार पुग्नेबाहेक अन्य सडकमा ट्र्याक्टर  चलाउन रोकेको हो।

प्रकाशित: २२ असार २०७९ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App