coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिंहध्वाका दरबार पुनःनिर्माण मल्लकालीन शैलीमै

भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल थालिएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसँग भेट गरी भक्तपुर दरबार क्षेत्रमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पच्पन्न झ्याल दरबारसँगै जोडिएको सिंहध्वाखा दरबार पुनःनिर्माण प्राप्त पुराना प्रमाणहरुको आधारमा मल्लकालीन शैलीमा नै पुनःनिर्माण कार्य तत्काल अगाडि बढाई सहयोग गर्न लिखित अनुरोध गरे।  

उनले उक्त दरबारको पुनःनिर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनःनिर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन आवश्यक भएको बताए।

सो क्रममा महानिर्देशक गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न युनेस्को प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताएको नगरपालिकाले जनाएको छ। उक्त प्रक्रिया अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको उनले बताए।

सोही क्रममा भक्तपुर नपा वडा नं. ७ बाट चोरी भएको वीरभद्रेश्वर मन्दिरभित्रको पार्वतीको मूर्ति शीघ्र यथास्थानमा स्थापना गर्न फिर्ता पठाउन पनि आग्रह गरियो। भक्तपुर नपाले यस अघि नै उक्त मूर्ति फिर्ता गर्न पत्र पठाई पहल गरेको थियो।

प्रकाशित: २२ असार २०७९ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App