coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बस र स्कुटर एकापसमा ठाेक्किदा एक जनाको मृत्यु, एक घाइते

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि मंगलबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ ख२२१२नं.को बस र सोही दिशातर्फ जाँदै गरेको बा. ७८ प. १०८३ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटरको पछाडि सवार रामेछाप घर भई हाल काठमाडौं जडिबुटीस्थित बर्गर हाउसमा काम गर्ने २४ वर्षाीया  रेजिना तामाङको मृत्यु भएको हो।  

स्कुटरमा रहेका अर्का घाइते स्कुटर चालक रामेछाप दोरम्बा गाउपालिका. वडा नं. ५ घर भई हाल काठमाडौं जडिबुटी बस्ने १८ वर्षीया सिद्धार्थ मगरको उपचार भइरहेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।  

घटनास्थलमा प्रहरी वृत थिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटित दुबै सवारीसाधन र बस चालक काभ्रेपलान्चोक तिमाल गा.पा. वडा नं. ५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। 

प्रकाशित: २१ असार २०७९ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App