७ वैशाख २०८१ शुक्रबार
समाज

रामेछाप बस दुर्घटनामा परी ९ जनाको मृत्यु

रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस मंगलबार (आज) बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

दुर्घटनामा रामेछापको लुभुघाट भन्ने स्थानमा भएको हो। दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ।

घाइतेमध्ये २१ जनालाई धुनिखेल अस्पताल पठाइएको र गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। दुर्घटनामा ५ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको हो।

प्रकाशित: २१ असार २०७९ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App