७ वैशाख २०८१ शुक्रबार
समाज

टाँगाको ठक्करबाट एकको मृत्यु

बर्दियामा टाँगाको ठक्करबाट एकजनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–८ सुरजपुरका ७० वर्षिय बिर बहादुर सुनारको शनिबार साँझ मृत्यु भएको हो।  

गुलरिया नगरपालिका–८ भन्सार चोकस्थित असिम अहमदइद्रिसीले चलाएको टाँगाले शनिबार ३ बजे सुनारलाई ठक्कर दिई गम्भिर घाईते बनाएको थियो। घाईते सुनारको बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज नर्सिङहोममा पु¥याईएको थियो।  

नर्सिङहोममा उपचारको क्रममा साँझ ५ बजे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। टाँगा चालक इद्रिसीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए।

प्रकाशित: १९ असार २०७९ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App