८ वैशाख २०८१ शनिबार
समाज

केएमसी स्कुलकी कर्मचारी मृत फेला,स्कुल तनावग्रस्त

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत कर्मचारी मृत फेला परेकी छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काभ्रे तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा शनिबार राति पौने ८ बजे झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

कर्मचारीको मृत्युको विषयलाई लिएर केएमसी स्कुलमा तनाव भएको छ। आक्रोशित समूहले स्कुलमा तोडफोड गरेका छन्। ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा समेत क्षति पुगेको छ। स्थिति नियन्त्रणमा लिन उल्लेख्या संख्यामा प्रहरी खटाइएको छ।

मैनालीका अनुसार दुई पक्ष (स्कूल र पिडित)बीच वार्ता गराउने प्रयास भइरहेको छ । केहीले वार्ताको वातावराणमा अवरोध सिर्जना गरिरहेका छन् ।  

प्रहरीले स्कूल परिसरलाई शनिबार साँझ ८ बजेदेखि ने सुरक्षा दिदै आएको छ । 

प्रकाशित: १९ असार २०७९ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App