११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङ लागेर एक किशाेरीको मृत्यु

फाइल तस्बिर

कपिलवस्तुमा चट्याङ लागेर एक जना किशाेरीको मृत्यु भएको छ। शिबराज नगरपालिका वडा नम्बर.२ बस्ने वर्ष १९ की सुशिला थारुको मृत्यु भएको हो।  

घाइते भएकी उनको उपचारको क्रममा बुटवल अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो।  

शिबराज नगरपालिका वडा नं.५ बस्ने वर्ष २८ की ईन्दु पौडेल समेत चट्याङ लागि घाइते भएकोमा उपचार पश्चात घर फर्किएकी छन्।

प्रकाशित: १९ असार २०७९ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App