coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

फोहोरलाई स्रोतमै छुट्याएर उपयोग गर्ने महानगरको तयारी

विराटनगर महानगरपालिकाले घर, होटल, व्यवसायलगायतका स्थानबाट उत्पादन हुने फोहोरलाई स्रोतमै छुट्याएर संकलन गर्ने तयारी थालेको छ। स्रोतमै फोहोर छुट्याउने कामको सुरूवाद विराटनगर महानगरपालिका र महानगरपालिकाका जनप्रतिनिधिहरूका घरबाटै थाल्ने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बताए।  

शुक्रबार विराटनगर महानगरपालिकाकाको प्रदुषणको अवस्थाबारे अध्ययन गरिरहेको संस्था  इनभोटेड इन्जिनियरिङ सोलुसन प्रालिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रमुख कोइरालाले विराटनगर महानगरपालिकाले स्रोतमै फोहोरको बर्गीकरण गरेर संकलन गर्ने र त्यसरी संकलन भएको फोहोरको उपयोग गर्ने योजना रहेको बताए। 

कोइरालाले भने, ‘कुहिने फोहोरबाट वायोग्याँस, जैविक मल बनाउने र नकुहिने फोहोर रिसाईकल गरेर उपयोग गरिने छ।’ फोहोरलाई स्रोतमै छुट्याएर संकलन गर्ने अभियान महानगरपालिका र महानगरपालिकाका जनप्रतिनिधिहरूबाटै सुरू गर्ने पनि कोइरालाले बताए। कोइरालाले विराटनगरको फोहोरको दीगो व्यवस्थापनका लागि स्रोतमै छुट्याएर फहोरलाई पनि आम्दानीको स्रोतका रुपमा उपयोग गर्ने बताए। 

कार्यक्रममा विराटनगर महानगरपालिकाको प्रदुषणको अध्ययन गर्दै आएको इन्भोटेड इन्जिनियरिङ सोलुसन प्रालिका वातावरण इन्जिनियर  दिप्सन ओझाले अध्ययन प्रतिवेदन सार्वजनिक गरे। अध्ययनका क्रममा विराटनगरको फोहोरलाई स्रोतमै छुट्याएर व्यवस्थापन गर्नु आबश्यक देखिएको बताए। उनले पानी, वायु र ध्वनि प्रदुषण नियन्त्रणका लागि पनि महानगरपालिकाले नियम कानुन नै बनाएर मापदण्ड तोक्नु उपयुक्त हुने सुझाव दिए। कार्यक्रममा विराटनगर महानगरपालिकाका १९ वटै वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको सहभागिता थियो।

प्रकाशित: १७ असार २०७९ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App