coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१४ वर्षीया बालिकाको शव जलाउँदै गर्दा प्रहरी हस्तक्षेप, ‘अनर किलिङ्ग’ आशंका

पर्साको बहुदरमाई नगरपालिका–७ छपकैया टोलबाट प्रहरीले जलाउँदै गरेको अवस्थामा एक १४ वर्षीया किशोरीको शव नियन्त्रणमा लिएको छ। प्रहरीले आधा जलेको किशोरीको शव प्रहरीले हत्याको आशंकामा बुधबार राति १० बजे नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार किशोरी गाउँकै एक युवकसँग प्रेममा थिइन्। जसका कारण अभिभावकले प्रतिष्ठाको विषय बनाएर मानसिक तनाव दिएकोसम्म प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  

आफ्नै अभिभावकद्वारा नै हत्या भएको (अनर किलिङ्ग) हुन सक्ने प्रहरीको आँकलन छ। बुधबार राति ११ बजे किशोरीका आफन्तले स्मशान घाटमा शव जलाइरहेको र घट्ना शंकास्पद रहेको भनी प्रहरीलाई सूचना पुगेको थियो। तत्कालै घटनास्थलमा पुगेको प्रहरी टोलीले आधा जलेको किशोरीको शव नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए। 

उनका अनुसार प्रहरी टोली पुगेपछि जलाइरहेको शव छोडेर किशोरीका आफन्तहरु त्यहाँबाट भागेका थिए। घट्ना शंकास्पद देखिएपछि अनुसन्धानको लागि मृतक की आमा, दिदी र ठूलीआमालाई नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक बालिका कि दिदी एक जना १८ वर्षीया किशोरी, आमा ४० वर्षीया आशा देवी र ठूली आमा ५० वर्षीया उर्मिला देवी पक्राउ परेका हुन्।  

बरामद भएको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको र नियन्त्रणमा लिइएकाहरुसित सोधपुछ भइरहेको कार्कीले बताए। ‘बहुदरमाई नगरपालिका वडा नं.७ विश्रामपुर छप्कैयाको एक घरमा विषादी सेवनका कारण वालिकाको मृत्यु भएको घटनाको सूचना प्रहरीलाई नदिई गोप्य रुपमा शवको अन्त्यष्टी गर्न लागेको भन्ने सूचना प्राप्त भएको,’ जिल्ला प्रहरी कार्यालयबाट जारी घट्ना बिवरणमा भनिएको छ, ‘यस कार्यालय तथा ईलाका प्रहरी कार्यालय पोखरिया समेतबाट खटी गएको संयुक्त प्रहरी टोली बहुदरमाई –७ स्थित ढोङ्गही खोलाको मसानघाटमा पुग्दा जल्दै गरेको शव बेवारिसे छोडी मलामी गएका व्यक्तिहरु भागी फरार भएको।’

प्रहरी टोलीले जल्दै गरेको शव बाँसको प्रयोग गरी चिताबाट निकाली जल्न बाँकी रहेको शवको जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको बिवरणमा उल्लेख छ। ढोङ्गही खोला पुलमा रोकी राखेको, शव लैजान प्रयोग गरिएका ना ४२ प ७६९७ र ना २१ प ६८७ नं. का थान–२ मोटरसाइकलन समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।  

पक्राउ परेका मानिसहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा मृतक वालिकाको प्रेम सम्बन्ध रहेको, तीन चार दिन पहिला मृतक बालिकाले ३/४ दिन पहिला आफ्नो प्रेमीलाई आफ्नै घर नजिक बोलाइ लुकिछिपी भेटघाट गर्दै गरेको अवस्थामा मृतककी आमाले देखी घरपरिवारको सदस्यहरू मिली मृतकलाई निर्घात कुटपिट गरेको, घरबाट बाहिर आउन–जानमा कडाई गरेकोले बालिकाले आफ्नै पसलमा विक्री गर्न राखिएको बिषादी ल्याएर सेवन गरेको र जानकारी पाइसक्दा समेत उपचार गर्न नलगी कोठामा थुनी राखेका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जारी गरेको बक्तब्यमा भनिएको छ।  

परिवारका सदस्यहरूले योजना बनाएर कोही कसैलाई थाहा नदिई मोटरसाइकलमा राखि खोलाको किनारमा रहेको मसानघाटमा लगेर जलाउन लागेको खुल्न आएको हुँदा पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा पर्सा जिल्ला अदालतबाट दिन पाँच म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा सलंग्न अन्य व्यक्तिहरूको पहिचान भैसकेको हुँदा ८ जनाको खोजतलास भइरहेको र अनुसन्धानपछि थप बिवरण खुल्ने कार्कीले बताए। 

प्रकाशित: १६ असार २०७९ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App