१६ चैत्र २०८० शुक्रबार
समाज

रोपाइँ दिवसमा खेतहरु सुनसान

पर्साको पोखरिया नगरपालिकामा सुनसान खेत नियाल्दै सतवरियाका एक किसान । तस्विरः रितेश त्रिपाठी

सरकारी स्तरमै रोपाइँको मध्य सिजन पारेर मनाइने असार १५ अर्थात धान दिवसमा यसपाली पर्सामा खेतहरु सुनसान देखिए। मान्यताअनुसार रोपाइँको चटारोबीच ‘आदरा’ मनाउने दिन पनि हो यो। मंगलबारदेखि वर्षा सुरु भएर खेतहरुमा रोपाइँयोग्य पानी भने भइसकेको छ। किसानहरुका अनुसार ब्याडमा बिउ तयार नभएकोले र मलको अभावले यसपाली रोपाइँ ढिलो भएको छ।  

आकाशे पानीको भरमा धेरैजसो भुभागमा यहाँ खेति हुने गरेको छ। वर्षा नभएर माटोभित्रको आद्रताको अभाव हुँदा ब्याडमा बिउ हाल्ने काम लगभग २ हप्तासम्म ढिलो भएको थियो। यस कारणले अहिले पानी पर्दा पनि बिउ हुन नकेर रोपाइँ सुरु भएन। जसको खेतमा बिउ तयार भइसकेको छ त्यसता किसानले पनि मल अभावमा रोपाइँ सुरु गर्न नसकेको पर्सा सिबर्वाका किसान लालदेव कुर्मीले बताए।  

उनका अनुसार मल नपाइने भएपछि बिउ उम्रिसकेका खेतमामा पनि किसानले रोपाई सुरु गरेका छैनन्। यसरी अन्नको भण्डार भनिने मध्य तराईको जिल्ला पर्सामा सिचाई र मल अभावले गर्दा रोपाई प्रभावित भएको छ।  

खेतहरु रित्तै छन्। पानी परेपछि गाउँका मानिसहरु उर्लिएर खेततिर हुनु पर्ने दिन हो यो। कृषी ज्ञानकेन्द्र पर्साको रेकर्ड अनुसार यस जिल्लामा करिब ४७ हजार हेक्टर धान खेति हुन्छ। धान यहाँको मुख्य बाली हो। भदौ असोज मै काटिने सारो धान छिटफुट रोपिएका छन्।  

कृषी सामग्री कम्पनीको वीरगन्जस्थित मलको प्रवेश बिन्दु तथा मधेस प्रदेश कार्यालयका अनुसार कम्पनीले खरिद गरेको आसारको तेस्रो सातासम्म मल यहाँ आइपुग्ने आँकलन गरेको कार्यालयका सूचना अधिकारी आलोककुमार झाले बताए।  

झाका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ४० हजार टन डिएपी र ३० हजार टन युरिया गरी ७० हजार टन मल अहिले आयात हुने प्रक्रियामा रहेको छ। र ‘जिटुजि’ (गभर्नमेन्ट टु गभर्नमेन्ट) प्रक्रियामा यसपाली खरिद गरिएको डेढ लाख टन मल नेपाल ल्याउन पहल गरिरहेको कम्पनीले जनाएको छ।  

त्यस्तै साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेडले डिएपीको बितरण यहाँ सुरु गरे पनि मागभन्दा निकै कम परिमाणमा आपूर्ती हुँदा त्यसबाट अझ वितरण कसरी गर्ने भन्ने सकस भएको छ।  

गत जेठ २१ मा साल्ट ट्रेडिङ्गको २० हजार टन डिएपी नेपाल भित्रिएको थियो। सो कम्पनीले आयात गरेको २२ हजार टन युरिया हल्दिया बन्दरगाहबाट एक दिन अगाडि मात्र वीरगन्ज आइपुगेको कार्यालयका प्रमुख अनोज लामिछानेले जनाएका छन्। मल वितरण किसानसम्म पुगी सक्न भने अझ समय लाग्ने देखिएको छ।  

त्यस्तै यो वर्षको मुख्य धान बालीको लागि यस पटक आयातित मल अपुग समेत हुने देखिएको छ। नेपालमा कुल ५ लाख टन रसायनिक मलको माग रहेको सरकारी तथ्यांक छ। यसपाली मुख्य बाली धानको बेला माग आधा पनि मल आयात नहुने देखिन्छ।  

आफ्नो प्रयोगका लागि किसानले भारतबाट ल्याउने एकदुई बोरा मल नेपाली सुरक्षाकर्मीले नरोक्ने भनिएको छ। भारतीय सशस्त्र सुरक्षा बल (एसएसबि)ले भने नेपाल मल ल्याउन कडाई साथ रोकेको छ।  

भारतमा पाइने मल त्यहाँका किसानको लागि बिहार सरकारले अनुदान सहुलियसहित बेच्ने मल भएकोले भारतीय सूरक्षाकर्मीले त्यसलाई यता नेपाल ल्याउन रोक्छन्। कारोबार गर्ने किसिमले चोरी पैठारी गर्नेहरुले तेब्बर रचौब्बर दाममा मल बेचिरहेका छन्। किसानका अनुसार त्यसतो मल चार गुणा पैसा तिरेर लिन क्षमताले भ्याउदैन।  

सिचाईमा पनि बिजोग छ। जिल्लाको कुल खेतियोग्य जग्गामध्ये एक तिहाई भुभाग मात्र गण्डक पुर्वी नहरसंग जोडिएका छन्। नहरका पनि अधिकांश तरसरी (कुलो) कि ब्यक्हिरुले मिचेर संरचना नै मेटाई दिएका छन्, कि सार्वजनिक रुपमै नहरलाई सडकको रुपमा प्रयोगमा ल्याइसकिएको छ। यसले गर्दा नहर संजालबाट जोडिएका खेतहरुमध्ये ठूलो हिस्सा त्यसको सिंचाई प्रणालीबाट अलगिएका छन्। मुख्यरुपमा आकाशे पानीको भर छ यहाँका किसानलाई। किसानहरुका अनुसार यसपाली रोपाई करिब २ हप्तासम्म ढिलो हुने भएको छ।  

प्रकाशित: १५ असार २०७९ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App