coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

देशका केही ठाउँमा भारी वर्षा, शुक्रबारदेखि मौसम सुधार हुने

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनसार मनसुनी न्यून चापीय रेखा औषतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेकाले भारी वर्षा भएको छ। शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ।

उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ। रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीमा २३.८, धनगढीमा ४२.१, विराटनगरमा ३१.६, नेपालगञ्जमा ३.२, सिमारामा ९.८, र काठमाडौँमा ४.१  मिलिमिटर वर्षा मापन भएको छ।

प्रकाशित: १५ असार २०७९ ०५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App