coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बागलुङमा पहिरोले लोकमार्ग अवरुद्ध

फाइल तस्बिर।

अविरल वर्षाका कारण पहिरो झरेपछि मध्येपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ।

निरन्तरको वर्षाका कारण गयराती साढे १० बजेको समयमा जिल्लाको गलकोट नगरपालिका-७ मल्म आँगाखेतमा लोकमार्ग माथिबाट पहिरो झरेपछि लोकमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि बागलुङ-बुर्तिबाङ यातायात अवरुद्ध भएको छ।

बुर्तिबाङबाट बागलुङ बजारका लागि छटुेका र बागलुङबाट खर्बाङ बुर्तिबाङ लगायतका क्षेत्रतर्फ छुटेको सवारी साधनहरु बीचमै अपलत्र परेका छन्। स्थानीय तह र स्थानीय नागरिकहरुसँग सहकार्य गरेर पहिरो हटाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताए।

अविरल वर्षासँगै झरेको पहिरोका कारण गलकोट नगरपालिका-११ रिघामा पुरिएको छ। झण्डै ६० मिटर माथिबाट झरेको पहिरोबाट कृष्णबहादुर कामीको घर पुरिदा मानवीय क्षति नभए पनि अन्नपात र लत्ताकपडा सबै क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असार २०७९ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App