coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हेटौंडामा अनलाइन जुवा खेलाउने ११ जना पक्राउ

अनलाइनमा जुवा खेल्ने खेलाउनेलाई सार्वजनिक गर्दै प्रहरी।

अवैध तरिकाले अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई मकवानपुर प्रहरीले हेटौंडाबाट पक्रेको छ। हेटौंडा–४ स्थित कमलडाँडाबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा हेटौंडा–९ लामसुरेका २३ वर्षीय निसान आचार्य, हेटौंडा–४, कमलडाँडाका २४ वर्षीय राजिव गौतम, हेटौंडा–११ का मधुकर बानियाँ, हेटौंडा–१४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२ पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४ मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, २५ बर्षका अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्का रहेका छन्। 

उनीहरुको साथबाट प्रहरीले ११० थान मोइबाल, ५ थान कम्प्यूटर डेस्कटप, ३ थान ल्यापटप, ४ थान ल्यापटप र एकलाख ४५ हजार ७५ हजार नगद समेत बरामद् गरेको छ। हेटौंडाको कमलडाँडास्थित रुक्मिणी न्यौपानेको घरको तेस्रो र चौथो तल्ला भाडामा लिएर सञ्चालन भएको सूर्यप्रसाद टेक्नोलोजी प्रालिमा पैसाको हारजीत हुने गरी अवैध रुपमा अनलाइन जुवा खेलेको खेलाएको पाइएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। 

पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत कारबाही हुने कार्कीले बताए। जुवा खेलाउने कार्यमा संलग्न अन्य केहीको खोजी कार्य भैरहेको र पक्राउ गरिएकाहरुलाई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पछिल्लो समय मकवानपुरमा अनलाइन जुवा खेल्ने खेलाउनेको संख्यामा बृद्धि भएपछि प्रहरीले यस बिषयमा आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रियालाई अघि बढाएको छ।

प्रकाशित: १४ असार २०७९ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App