ललितपुरमा ट्राफिक प्रहरीले एक जना डाक्टरमाथि कुटपिट गरेका छन्। पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यतरत डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटपिट गरेका हुन्।
कुसुन्तीका घिसिङ आइतबार राति पौने ९ बजे ड्युटी सकेर एक्लै पैदल घर घरफर्किरहेका थिए। ट्राफिकले किन ठाेक्किँदै हिँडिरहेको भनेपछि विवाद हुँदा ट्राफिकले बढीबढी कुरा गर्ने भन्दै मुखमा हिर्काएको घिसिङले बताए।
ट्राफिकले हिर्काएपछि उनको नाकबाट रगत बगेको उनले बताए। कुटपिट भएपछि नजिकै रहेका अर्का ट्राफिक प्रहरीले घिसिङको उपचारको लागि नजिकैको अल्का अस्पताल लगेका थिए। चिकित्सकका अनुसार उनकाे नाक फ्याक्चर भएकाे छ। घिसिङको अहिले उपचार भइरहेको छ
जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी उपरीक्षक सिद्दीबिक्रम शाहले कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको नागरिकन्यूजलाई बताए। उनका अनुसार डाक्टर घिसिङको उपचार गर्ने भनिएपनि जाहेरी भने परेको छैन।
ट्राफिक प्रहरी थापामाथि विभागिए कारबाही पनि गरिने शाहले बताए।
प्रकाशित: १४ असार २०७९ ०८:२३ मंगलबार