coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लुटिएको कार र लुटेरा भेटिए

गोदावरी नगरपालिका–४, गाईमारेबाट लुटेर लगेको कार नजिकै लुटेरा पनि फेला परेका छन्। आइतबार बिहान ११ बजे गाईमारेबाट लुटिएको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको कार अत्तरियास्थित पाठक आयल स्टोर नजिकै शान्तिनगर जाने बाटोमा बेबारिसे अवस्थमा भेटिएको छ। 

घटनामा संलग्न भारतको हरियाणा सोनीपथका २१ वर्षिय भगत सिंह, १८ वर्षिय साहित बादलिसे र २० वर्षका सन्नी जौट पक्राउ परेका छन्। उनीहरुलाई कार नजिकैको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो।  

कचनपुरको बेदकोट नगरपालिका–३, का ३७ वर्षिय लोकेन्द्रसिंह भण्डारीले चलाएको कारमा महेन्द्रनगरबाट लिफ्ट मागेर चढेका उनीहरुले गाईमारेमा कुटपिट गरी नगद, मोबाइल र कार लुटेर फरार भएका थिए। 

महेन्द्रनगरदेखि कैलालीको खानीडाँडासम्मको लागि लिफ्ट मागेर सवार रहेका उनीहरुले चालक भण्डारीलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगेर कुटपिट गरेका थिए। कुटपिट गरेसँगै आफूले प्रयोग गरेको गम्छा ९कपडा०ले भण्डारीको हातखुट्टा र मुख बाँधी उनको साथमा रहेको पर्स, मोबाइल र कारको चावी लिएर फरार भएका थिए।  

भण्डारी डडेल्धुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर हुन्। उनी कामको महेन्द्रनगरबाट कार्यालय जान भनि हिँडेका थिए। अहिले भण्डारीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए।

प्रकाशित: १३ असार २०७९ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App