६ वैशाख २०८१ बिहीबार
समाज

६ महिनामा सात बलात्कारका घटना

बैतडीमा ६ महिनाको अवधिमा सात वटा बलात्कारका घटना सार्वजनिक भएका छन्। इन्सेक बैतडीले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा यो वर्षको अहिलेसम्म ३ बालिका बलात्कृत भएका र १ बालिका यौन दुर्व्यवहारको घटनाबाट पीडित भएको बताइएको छ।

यस्तै ४ महिला बलात्कृत भएका र १ महिलाको परिवारबाटै हत्या भएको इन्सेकले जनाएको छ। २ महिला बहुविवाह र १९ महिला घरेलु हिंसाबाट पीडित भएको देखाएको छ। इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समीक्षा गोष्ठी तथा मानव अधिकारको अवस्था सार्वजनिक विषयक कार्यक्रममा आइतबार इन्सेक प्रतिनिधि नरी बडुले उक्त कुरा सार्वजनिक गरेका हुन्।

इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा जिल्ला कारागारमा कैदी र थुनुवा गरी क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेका पाइएको छ। २५ जना क्षमता रहेको कारागारमा अहिले ८७ जना छन्। यस्तै जिल्लाका केही विद्यालयमा अझै पनि विद्यार्थीहरुले पाठ्यपुस्तकहरु नपाएका प्रतिवेदनमा उल्लेख गरिएको छ।

जिल्ल्लाका स्वास्थ्यसंस्थाहरुमा औजार उपकरण र आवश्यक पूर्वाधाहरु पनि प्रयाप्त मात्रामा नभएको प्रतिवेदनले देखाएको छ। कार्यक्रममा उपस्थित सरोकारवालाहरुले देखा परेका समस्याहरुको समाधानका लागि पहल गरिने बताएको  इन्सेक बैतडी तिनिधि बडुले बताए।

प्रकाशित: १३ असार २०७९ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App