७ वैशाख २०८१ शुक्रबार
समाज

वीरेन्द्रनगरको मुल सडकमा भ्वाङ्ग

तरकारी मण्डी साईतमा रहेको भ्वाङ्ग। तस्विर: गोविन्द/नागरिक

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य सडकमा भ्वाङ्ग परेको छ। मंगलगढी चौक, तरकारी मण्डी र हटिया लाईनको मुल सडकमा भ्वाङ्ग परेपछि दुर्घटना जोखिम बढेको हो।

दिनहुँ प्रदेश सांसद, प्रदेशका सचिव र कर्मचारीहरु हिड्ने सडक वर्षौदेखि भ्वाङ्ग पर्दा समेतदेखे नदेखेजस्तो गर्छन्। भ्वाङ्ग टाल्न प्रदेश सरकारले संघिय सरकारको मुख ताक्ने र संघीय सरकारका कार्यालयले प्रदेशको भर पर्ने परिपार्टीले वीरेन्द्रनगरका खाल्डा र भ्वाङ्गहरु टाल्न कसैले चासो नदिएका हुन्। सरकारले दुर्घटना निम्त्याउने भ्वाङ्ग मर्मतसम्भार तत्काल गर्नुपर्ने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्षमण कँडेलले बताए।

सडककोबीचमा रहेको नालीमाथि परेको भ्वाङ्गले गर्दा दिनहुँ दुर्घटना जोखिम बढ्ने गरेपनि सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन्। रातीमा धेरै सवारीसधानहरु सडकविचमा रहेको भ्वाङ्गमा दुर्घटना हुने गर्दछन्।

वीरेन्द्रनगरको मुख्य मंगलगढी चौकको सडकबीचमा रहेको भ्वाङ्ग। 

 

केही दिन स्थानीयले मर्मत गर्न आवाज उठाउँछन् तर, सरकारले सुन्दैन्। त्यही सडक भएर सवारीसाधान ओहोरदोहोर गर्नु नियमित जस्तै बन्ने गर्छ। स्थानीयहरुले सामाजिक सञ्जालमा सडकका बारेमा आवाज उठाएपनि सुनुवाई नहुने गरेको व्यवसायी पंञ्चरत्न अधिकारीले बताए।  

सडक डिभिजन र नगर पालिकाको क्षेत्रअधिकारभित्र केही सडक परेकाले तत्काल मर्मत गर्न समस्या भएको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक रामशरण आर्चायले बताए।

प्रकाशित: ९ असार २०७९ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App