८ वैशाख २०८१ शनिबार
समाज

लेनदेनमा मानिस बन्धक बनाउँदा प्रहरी फन्दामा

लेनदेनको विषयमा मानिसलाई बन्धक बनाउने तीन जनालाई मकवानपुर प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ। बन्धक भएका व्यक्तिलाई भने प्रहरीले सकुशल उद्दार गरेको छ। 

हेटौंडा–१० बसपार्कमा रहेको ट्राभल होटल एण्ड लजमा बन्धक बनाएर राखेको अवस्थामा पर्साको वीरगञ्ज महानगरपालिका–१९ का २७ बर्षका अमनकुमार श्रीवास्तवलाई प्रहरीले उद्दार गरेको हो। 

उनलाई बन्धक बनाएर राखेका हेटौंडाका तीनजनालाई प्रहरीले पक्रेको छ। पक्राउ पर्नेमा हेटौंडा–१५ का २९ बर्षीय सुरेश लामा, हेटौंडा–१२ का २१ बर्षका समिर बल र २८ वर्षीय अशोक लामा रहेका छन्। 

श्रीवास्तवलाई बन्धक बनाई घरमा फोन गरेर पैसा मागेको जानकारी पश्चात प्रहरीले होटलमा छापा मारेको थियो। ट्राभल होटल एण्ड लजको १०७ नम्बरको कोठामा बन्धक बनाएर राखेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। ‘घटनाको बिषयमा थप अनुसन्धान गरिरहेका छौं। 

बन्धकमा परेकाको उद्दार र बन्धक बनाउनेलाई पक्राउ गरेका छौं’, प्रहरी निरीक्षक घिमिरेले भने। पक्राउ गरिएकाहरुलाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: ८ असार २०७९ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App