७ वैशाख २०८१ शुक्रबार
समाज

चाउचाउको लोभ देखाएर यौन क्रियाकलापमा लगाउने दुई जना पक्राउ

चाउचाउ, बिस्कुटको लोभ देखाएर बालिकालाई यौन क्रियाकलापमा लगाउने दुई जना सन्धिखर्कबाट पक्राउ परेका छन्। सदरमुकाम सन्धिखर्कमा १४ वर्षीया बालिकालाई प्रलोभनमा पारी यौन क्रियाकलापमा लगाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।  

हजुरआमा नाता पर्ने ४० वर्षीया महिलाले बालिकालाई चाउचाउ, बिस्कुट खुवाउने प्रलोभन देखाई यौन क्रियाकलापमा संलग्न गराएर पैसा असुल्ने गरेको भेटिएको छ। निज महिलाको आग्रहमा बालिकालाई महिलाको घर, जंगल तथा अन्य स्थानमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। 

यौन क्रियाकलापमा संलग्न शितगंगा नगरपालिका–१४ का २२ वर्षिय ओम प्रकाश न्यौपाने र बालिकालाई यौन क्रियाकलापमा संलग्न गराउने ४० वर्षिय महिलालाई पक्राउ गरिएको र दुवै जनालाई मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरी अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

कक्षा ६ मा पढ्ने ति बालिकालाई कोही कसैलाई जानकारी गराएमा कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिने गरेको तथ्य समेत बाहिर आएको छ।  ‘घटनामा अन्य व्यक्तीहरुकोे संलग्नता हुनसक्ने देखिएको छ,प्रहरीका सुचना अधिकारी पौडेलले भने,‘ अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ।’ 

प्रकाशित: ७ असार २०७९ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App