coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मान्छे खाने बाघ नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जले मान्छे खाएको बाघलाई नियन्त्रणमा लिइएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघलाई साँझ साढे ६ बजे डार्ट गरी नियन्त्रणमा लिइएको हो।  

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघ नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी हात्ती चढेर खटिएका थिए।

सो बाघलाई कसरामा राखिनेछ। यो बाघले आज बिहान निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनको शव खाएको अवस्थामा फेला परेको थियो।

प्रकाशित: २ असार २०७९ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App