७ वैशाख २०८१ शुक्रबार
समाज

चितवनको घोप्टेभिरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

चितवनको ईच्छाकामना गाउँपालिका अन्तर्गत रहेको पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

आज (बुधबार) दुई बजेको समयमा ईच्छाकामना ४ घोप्टेभिरमाथिबाट पहिरो खस्दा दुबै तर्फी अवरोध भएको हो। 

मुग्लिनबाट तीन किलोमिटरको दूरीमा पर्ने घोप्टे भिरको पहिरो हटाउन मुग्लिन प्रहरी खटिएको छ। यस खण्डमा सडक पहिरो खसेपछि मुग्लिन भएर राजधानी जाने र आउने यात्रुहरु रोकिएका छन्। पटक पटक यस सडकखण्डमा पहिरो खस्दा यात्रुहरुले समस्या खेप्दै आएका छन्।

प्रकाशित: १ असार २०७९ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App