४ वैशाख २०८१ मंगलबार
समाज

बाजुरामा जबरजस्ती करणी आरोपमा ३ जना पक्राउ

बाजुरामा एक महिनाको अवधिमा तीन जनालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। गएको जेष्ठ महिना भित्र मात्र तीन वटा मुद्दा जिल्ला प्रहरी कार्यालय बाजुरामा परेका छन्। ती मध्ये २ वटा जबरजस्ती करणी र १ वटा जबरजस्ती करणी उद्योग आरोपका छन्।

३ वटा उजुरी मध्ये पनि एउटा बालबालिका बीचको सम्बन्ध देखिएको छ। भने अर्को मुद्दा घरमै गएर पर स्त्रीसँग बलात्कार गरेको उजुरीमा उल्लेख छ। जबरजस्ती करणी उद्योगतर्फकी पीडित पनि बालिका नै हुन्।  

प्रहरीले जबरजस्ती करणी उद्योग तर्फका बडीमालिका नगरपालिका–१ का १८ वर्षीय हर्कबहादुर दानीलाई पक्राउ गरेको छ। दानी गएको जेठ २५ गते शनिबार बेलुका पक्राउ परेका हुन्।  

बाजुरा सदरमुकाम मार्तडीबाट घर जादै गरेको अवस्थामा बुडाचौर पिनालेख जंगलमा बाटो पछ्याउँदै पीडितलाई हातपात गरी जबरजस्ती करणी गर्न खोजेको उजुरीमा आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले बताएका छन्।

जबरजस्ती करणी गरेको आरोपमा बुढीगंगा नगरपालिका–२ ताँप्राका ३३ वर्षीय ईन्द्र बहादुर थापा पनि पक्राउ परेका छन्। जेठ २५ गते राती पीडित भुईतलाको कोठामा सुतेको अवस्थामा घरको झ्यालबाट प्रवेश गरी डर धम्की देखाई जबरजस्ती करणी गरी फरार भएका थापा जेठ २६ गते आइतबार पक्राउ परेका हुन्।

जबरजस्ती करणी कै आरोपमा गौमुल गाउँपालिकाका एक जना पनि पक्राउ परेका छन्। निजको घरबाटै नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको प्रहरी नयाव उपरीक्षक थापाले बताएका छन्। पीडित र पीडक भनिएका दुबै जना १६ वर्ष मुनिका हुन्। पछिल्लो समय बाजुरामा पनि जरजस्ती करणीका मुद्दामा उल्लेख्य वृद्धि भएको छ।

प्रकाशित: १ असार २०७९ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App