४ वैशाख २०८१ मंगलबार
समाज

अनिल परियार हत्या प्रकरणः तीनजना पक्राउ, कांग्रेस निकट भातृ संस्थाको विरोध

नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई मंगलबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भरतपुर महनगरपालिका १५ का ३५ वर्षीय हेमन्त बास्तोला (विश्व), भरतपुर १२ का २३ वर्षीय राहुल पारियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन्। पक्राउ परेका वास्तोला तरुण दल चितवनका प्रवक्ता हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार वास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो। अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिए।

मृतकका परिवारको किटानी जाहेरीपछि जिल्ला अदालत चितवनबाट पक्राउ अनुमति लिई तीन जनालाई पक्राउ गरिएको उनले बताए। हत्यामा संलग्न अन्यको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई पक्राउ मितिबाट लागू हुने गरी म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

भरतपुरमा १२ मिलनचोक निवासी परियारको गत वैशाख २५ गते साँझ ७ः३० बजे हत्या भएको थियो। भरतपुर महानगरपलिका कृष्णपुर स्थित पञ्चेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा उनको चक्कु प्रहार गरी हत्या गरिएको थियो।

यस्तै, नेपाल विद्यार्थी संघ चितवनले तरुणदलका प्रवक्ता हेमन्त वास्तोला (विश्व)लाई पक्राउ गएिको प्रति आपत्ति जनाएको छ। संघले परीयारको घटनामा संलग्नताको आशंकामा पक्राउ गरी हिरासतमा राखेको बिषयमा बिहीबार एक विज्ञप्ती जारी गरी घोर आपत्ति जनाएको हो।

'घटनालाई तोडमोड गर्नेर जानीतिक आग्रह, पूर्वाग्रहका आधारमा हिरासतमा लिएको व्यक्तिलाई मानसिक तनाव दिनेर जबरजस्ती दोषी कामय गर्ने कार्य भएमा नेपाल विद्यार्थी संघ चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषण गर्न बाध्य हुनेछ,' विज्ञप्तीमा उल्लेख गरिएको छ। नेपाल विद्यार्थी संघ चितवनका कार्यबाहक अध्यक्ष राजन दाहालले विज्ञप्ती जारी गर्दै घटनामा निर्दोषलाई फसायमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यस्तै तरुण दल चितवनले घटनामा संलग्नताको आशंकामा प्रहरीले प्रवक्ता हेमन्त वास्तोला (विश्व) लाई पक्राउ गरेको आपत्ति जनाएको छ। तरुण दल चितवनका प्रवक्ता समेत रहेका वास्तोला पक्राउ परेपछि विज्ञप्ति जारी गर्दै छानबिनको नाममा निर्दोषलाई फसाएर दोषीलाई उन्मुक्ति दिन खोजिएको तरुण दलको आरोप छ।

'घटनामा संलग्नताको आशंकामा प्रहरीले तरुण दल चितवनका प्रवक्ता हेमन्त वास्तोला (विश्व) लाई पक्राउ गरी हिरासतमा राखेको बिषयप्रति हाम्रो संगठन घोर आपत्ति प्रकट गर्दछ। घटनाको सत्य तथ्य छानबिन गरी पीडितमाथि न्याय दिने कार्य राज्य र प्रहरी प्रशासनको दायित्व हो। तर छानबिनको नाममा निर्दोष व्यक्ति फस्ने र दोषिले उन्मुक्ति पाउने कदापी हुनु हुँदैन,' विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९ १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App