२२ मंसिर २०७९ बिहीबार
समाज

आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा खर घासमा जलाएर एक जना एकल महिलाको हत्या गरिएको छ। बारिलकी स्थानीय ४५ वर्षीया अनिभा खडायतको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताएका छन्।

घर नजिकै भण्डारण गरिएको खर घाँसको लुटो (कुन्यू) मा आगो लगाएर ती महिलाको हत्या गरिएको बुझिएको छ। घटना के कारणले घट्यो भन्नेबारे अनुसन्धानको लागि दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रतिक विष्ट नेतृत्वको टोली घटनास्थल प्रस्थान गरेको छ। घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट पनि टोली परिचालन गरिएको प्रहरी निरीक्षक कार्कीले बताए।

एकल महिला खडायतलाई राति हत्या गरिएको अवस्थामा शव फेला पारेको र प्रहरीलाई जानकारी  गराईएको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले बताए। महिलाका श्रीमानको सात वर्ष पहिले मृत्यु भएको र मृतकका दुई छोरी र एक छोरा रहेका छन्। घटनामा संग्लन रहेको आंशकामा प्रहरीले शंकास्पद दुई जना स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले बताएका छन्।

प्रकाशित: २५ जेष्ठ २०७९ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App