१९ मंसिर २०७९ सोमबार
समाज

नागरिकता केरमेट गरेर वृद्धभत्ता खाने पक्राउ

अर्घाखाँचीको शितगंगा नगरपालिकामा नागरिकता केरमेट गरेर वृद्धभत्ता खाने एक जना पक्राउ परेका छन्।

शितगंगा नगरपालिका १३, सिमलपानीका केशबहादुर भाटलाई नागरिकता केरमेट गरेर वृद्धभत्ता खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी शंकर खड्काले जानकारी दिए।

उनले नागरिकतामा भएको जन्म मिति वि.सं. २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ। उनको मतादाता परिचय पत्रमा २०१६।८।२४ गते नै रहेको भेटिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका भाटलाई जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैहरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०७९ २०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App