४ वैशाख २०८१ मंगलबार
समाज

भक्तपुरको भजन घरः हात्ती छिर्‍यो, पुच्छर अड्क्यो!

भक्तपुरको एउटा ऐतिहासिक भजन घर हात्ती छिर्‍यो, पुच्छर अड्क्योको अवस्थामा रहेको छ। भक्तपुर नगरपालिका वडा नं ४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर राश भजन घर यस्तो अवस्थामा रहेको हो।

पुनर्निर्माण सम्पन्न भएको दुई वर्ष बिते पनि अन्तिम चरणका केही काम हुन नसक्दा लामो समयसम्म भजन घर प्रयोगविहीन जस्तै बनेको हो। भजन घर एक करोड २५ लाख रुपैयाँको लागत इष्टमेटमा निर्माण सम्पन्न भएको थियो। भजन घर पुनर्निर्माण सकेपनि प्रयोगमा ल्याउन सामान्य काम नसकिँदा र भजन घर प्रयोगमा ल्याउन रंगरोगन, विद्युत, पानी आदिको व्यवस्था नहुँंदा भजन घर प्रयोगिविहीन जस्तै बनेको हो।  

यी कामका लागि तीन लाख रुपैयाँंको लागत इष्टमेट थियो। तर त्यो तीन लाख रुपैयाँं अहिलेसम्म सरोकारवाला निकायबाट प्राप्त भएको छैन। उक्त रकम अड्किँदा भजन घर निर्माण सम्पन्न भएको धेरै वर्ष भए पनि प्रयोगविहीन जस्तै बनेको हो।  

भजन घरसँंगै घर भएका स्थानीय डा. इन्दुल केसीले हात्ती छिर्‍यो, पुच्छर अड्क्यो जस्तो अवस्था अहिले भजन घरमा भइरहेको बताउँंछन्। पुरातत्व विभागले पुनर्निर्माणका लागि एक करोडभन्दा बढी रकम दिएको तर सामान्य रंगरोगनलगायतका काम गर्न तीन लाख रुपैयाँं निकासा नहुँंदा भवन प्रयोग गर्न नमिलिरहेको उनले सुनाए।  

उनका अनुसार स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरले पुरातत्व विभागलाई रकम पठाउन पनि पटकपटक ताकेता गरिरहेको छ। तर विभाग वा केन्द्र सरकारले चासो नदेखाउँंदा अहिलेसम्म पनि रकम निकासा हुन सकेको छैन। यहीँ कारण भवन प्रयोगमा समस्या देखिएको हो।  

२०७२ सालको महाभूकम्पबाट भजन घरमा क्षति पुगेको थियो। पछि यो भजन घर बस्न नमिल्ने अयोग्यमा परेको थियो। यसपछि भजन घरको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरले ठेक्कामा भजन घर पुनर्निर्माण गर्न लगाएको थियो।

विक्रम संवत् १९९४ मा स्थापित यो भक्तपुरकै पुरानो भजन घर रहेको बताइन्छ। यो श्यासुन्दर रास भजन मण्डल र श्री बुलाँंखु गणेश ढल्चा भजन दुईवटाको संयुक्त स्वामित्वमा रहेको बताइएको छ।  

भजन घरको भुईतल्लामा दुई वटा पसल कबलहरु छन्। यी दुवै पसलहरु भने सञ्चालित छन्। निजी व्यक्तिहरुलाई यी पसल कबलहरु भाडामा दिइएको छ। तर ती भाडावालहरुले भाडा नतिर्दा भजन घरसँंग बजेट नभएको हो।

भजन घरको माथिल्लो तल्ला मात्रै सञ्चालनमा ल्याउन समस्या परेको हो। रकम अभावले भजन घर सञ्चालनमा ल्याउन समस्या भइरहेको हो।  

भजन घर भक्तपुर नगरको मुख्य बजारको बाटो नासमनामा रहेको छ। भजन घर चार तल्लाको छ। ढलान नगरी परम्परागत रुपमै भजन घर पुनर्निर्माण गरिएको छ। इटा माटो जोडाइबाटै भजन घर बनाइएको हो। अगाडिको मोहडा पनि परम्परागत रुपमै छ। माथि छानामा काठ राखेर झिंगटी छाइएको छ।  

भनज घरभित्र श्यासुन्दर रारा रुक्मिनीको आकर्षक मूर्ति पनि स्थापित भइसकेको छ। भजन घर पुनर्निर्माणका लागि नक्सा पास र डिजाइन भक्तपुर नगरपालिकाले निःशुल्क रुपमा गरिदिएको थियो। पछि पुनर्निर्माणका लागि भने पुरातत्व विभागले बजेट दिएको थियो र त्यहीँ बजेटबाट भजन घरको पुनर्निर्माण सम्पन्न भएको हो। 

प्रकाशित: १७ जेष्ठ २०७९ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App