८ वैशाख २०८१ शनिबार
समाज

चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

राप्ती नगरपालिका एक लोथरस्थित चितवन राष्ट्रिय निकुञ्जभित्र आज साँझ ४ बजेको समयमा घाँस काट्न गएकी ५५ वर्षीया सोतीमाया तामाङलाई बाघले आक्रमण गरेको हो। राप्ती १ स्थायी घर भएकी तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

अहिले अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोलीले घटनास्थल तथा शव जाँच मुचुल्का तयार गर्ने काम गरिरहेको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

यसअघि जेठ ८ गते पनि चितवनमा बाघको आक्रमणबाट एक महिलाको मत्यु भएको थियो।

प्रकाशित: १६ जेष्ठ २०७९ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App